अवैध रूपमा लैजान लागेको नेपाली राहदानी ४८ थान सहित १ जना पक्राउ
२०८२-११-१४
- A
- A-
- A+
अवैध
रूपमा लैजान लागेको नेपाली राहदानी ४८ थान सहित जिल्ला काठमाडौं नागार्जुन
नगरपालिका १ स्थायी वतन भएका राहदानी नं. PA1878693 वाहक वर्ष ४५
को तारा चन्द चौधरीलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
सुरक्षा कार्यालय, गौचरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ
गरेको हो । निज तारा चन्द चौधरी भुटान एयरलाइन्सको उडान नं. B3 773 द्वारा
काठमाडौबाट दिल्ली जान लागेको अवस्थामा साथमा लिई आएको पछाडी भिर्ने कालो रंगको
झोलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ह्याण्ड
व्यागेज चेकिङ एरियाको X- ray Machine मा Screening
गर्ने क्रममा उक्त झोला भित्र
नेपाली राहदानी ४८ थान वाह्य मुलुकतर्फ लान लागेको अवस्थामा फेला परेको थियो ।
निजलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान
कार्यालय, टेकु काठमाडौं पठाईएको छ ।