पेस्तोल सहित १ जना पक्राउ
२०८२-११-०१
- A
- A-
- A+
प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले पेस्तोल सहित नागढुङ्गा चेक प्वाईन्टबाट आज १ जनालाई नियन्त्रणमा लिएको छ ।
चितवन देखी काठमाण्डौ तर्फ आउदै गरेको बा १९ च ६९० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा हतियार फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काठमाण्डौ किर्तिपुर नगरपालिका वडा नं.२ बस्ने ३० बर्षिय केयुर पुरी रहेका छन ।
पुरीको झोलाबाट Made in USA लेखिएको पेस्तोल र उक्त पेस्तोलमा प्रयोग हुने ४ (चार ) राउण्ड गोली फेला पारेको र घटनाको समबन्धमा आवस्यक अनुसन्धान भै रहेको छ ।