प्रहरी कर्मचारीहरूलाई निर्वाचन लक्षित अनुशिक्षण तालिम सम्पन्न
२०८२-१०-२२
- A
- A-
- A+
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ खटिने प्रहरी
कर्मचारीहरूलाई निर्वाचन लक्षित अनुशिक्षण कार्यक्रम काठमाडौं उपत्यका प्रहरी
कार्यालयमा सम्पन्न भयो । अनुशिक्षण कार्यक्रममा निर्वाचन सुरक्षा परिचय,निर्वाचनमा
प्रहरीको भूमिका,सुरक्षा व्यवस्थापन, प्रहरीले सुरक्षा व्यवस्थामा अपनाउनु पर्ने
भूमिका वा अवस्था,निर्वाचन कार्यमा सुरक्षा दिनु पर्ने क्षेत्र, निर्वाचनमा आई
पर्न सक्ने समस्या, निर्वाचनमा प्रहरीको दायित्व,मतदान केन्द्रको
निर्माण गर्दा ध्यान दिनु पर्ने कुराहरू, निर्वाचन
आचारसंहिता,२०८२ अन्तर्गत सुरक्षा निकाय,सुरक्षाकर्मी तथा सुरक्षासम्बद्ध
कर्मचारीले पालना गर्नुपर्ने आचरण, निर्वाचन
व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति २०७७
लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । प्रशिक्षणमा प्रहरी नायव
उपरीक्षकदेखि प्रहरी कार्यालय सहयोगी सम्म १६९ जना प्रहरी कर्मचारीहरूको उपस्थिती
रहेको थियो ।