सुन जस्तो देखिन धातु सहित भारतीय नागरिक पक्राउ
२०८२-१०-२१
- A
- A-
- A+
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको आगमन टनेल
गेटबाट अवैध रूपमा भन्सार छली लुकाई छिपाई लैजान लागेको करिब १ सय ग्राम तौलको सुन
जस्तो देखिने धातु १ थान सहित भारतीय नागरिक ४९ वर्षीय Abu Barkat Kudrate Khoda Kazi लाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय समेतबाट खटिएको प्रहरीले फ्लाई दुबाईको
उडानद्वारा काठमाडौं आएका उनलाई जाँच गर्दा उनको साथबाट उक्त धातु फेला पारी पक्राउ
गरेको हो ।
उनलाई
आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको
छ ।