प्रहरी कन्ट्रोल : १००
नेपा
EN

सुरक्षित समाज निर्माणमा सिसिटिभी(CCTV)प्रणालीको भूमिका विषयक अन्तरक्रिया सम्पन्न ।

२०८२-१०-२०

  • A
  • A-
  • A+
Share

माघ २० मंगलवार 

      काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको आयोजनामा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सम्पुर्ण (२१ वटै) महानगरपालिका,नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरू, प्रमुख प्रशासकीय अधिकृतहरू, आईटी अधिकृतहरू तथा नेपाल प्रहरीका वरिष्ठ अधिकारीहरूको उपस्थितीमा आज अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

    काठमाडौं उपत्यकाको शान्ति–सुरक्षा मजबुत बनाउन, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन  तथा नागरिकको दैनिक जीवनलाई थप सुरक्षित बनाउने उद्देश्यले सिसिटिभी प्रणालीको जडान, मर्मत, प्रविधि र समन्वयका विषयमा गहन छलफल गरिएको थियो । 

    कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक प्रविण धितालले सिसिटिभी प्रणालीको महत्व (ANPR , AI Feature अन्तर्गत face Recognize, Face Detraction)को उपलव्धि, उपत्यकामा यसको वर्तमान अवस्था, भावी योजना लगायतका विषयमा प्रस्तुतिकरण दिनु भयो ।

      ललितपुर महानगरपालिकाका प्रमूख चिरीबाबु महर्जनले स्थानिय तहले सिसिटिभि क्यामेरा जडान गर्दा नेपाल प्रहरीसँग सहकार्य गर्नु पर्ने र नेपाल प्रहरीले प्राबिधिक मापदण्ड (Specification) तयार पार्दा सबै पालिकाहरुसँग मिल्ने गरी तयार पार्न सुझाव दिनु भयो । 

     अन्तरक्रिया सत्रमा स्थानीय तहका प्रमूख , प्रमूख प्रशासकिय अधिकृत तथा प्रतिनिधिहरूले आ–आफ्नो क्षेत्रमा सिसिटिभी जडान तथा सञ्चालनका क्रममा देखिएका समस्या,चुनौती र समाधानका उपायबारे सुझाव प्रस्तुत गर्नुका साथै Fiber Connection, एकिकृत प्रणालीमा जडान लगायतका विषयमा सुझाव दिनुका साथै समन्वयमा चासो राख्नु  भयो ।

   अन्तरकृयामा उठेका प्राविधिक विषयहरुको संबोधन प्राबिधिक प्रहरी बरिष्ठ उपरीक्षक ई. गोपाल बहादुर रेग्मीले गर्नु भयो । कार्यक्रमको अन्त्यमा प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले उठेका विभिन्न जिज्ञासाहरूको सम्बोधन गर्दै नेपाल प्रहरी र स्थानीय तहबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजान नेपाल प्रहरीको तर्फबाट प्रतिवद्धता व्यक्त गर्नुका साथै स्थानिय तहबाट पाल्नुहुने सबैमा कृतज्ञता व्यक्त गर्नु भयो ।

औपचारीक कार्यक्रम समापन पश्चात सहभागीहरूले जिल्ला प्रहरी परिसर, काठमाडौंको भद्रकालीस्थित सिसिटिभी कन्ट्रोल रुमको अवलोकन समेत गर्नु भयो ।


सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।