सालिनदि धार्मिक मेला सम्पन्न ।
२०८२-१०-१८
- A
- A-
- A+
श्री माधव नारायण स्वस्थानी व्रत
तथा साली नदी एक महिने मेला अवधिभर श्रद्धालु भक्तजनहरूको सुरक्षालाई मध्यनजर
गर्दै सञ्चालन गरिएको नागरिक सहायता कक्षले उल्लेखनीय कार्य गरेको छ ।
नागरीक सहायता कक्षले अन्दाजी ३ तोला सुनको
ब्रासलेट, एटिएम कार्ड,वलुबुक,बैंकंको चेक, राष्ट्रिय परिचयपत्र, सामाजिक सुरक्षा
कोष कार्ड,नागरीकता लगायत महत्वपुर्ण कागजपत्र फेला पारी धनिलाई जिम्मा लगाएको हो
।
त्यस्तै बिभिन्न कम्पनिको ५ थान मोबाईल फोन
पनि प्रहरी फेला पारी सम्बन्धित धनिलाई हस्तान्त्रण गरेको छ ।
प्रहरी प्रभाग साँखु,सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा
केन्द्र साँखुले मेला अवधिभर हराएका सामग्री फेला पार्न,भक्तजनलाई
सहयोग पुर्याउन र सुरक्षित वातावरण कायम राख्न निरन्तर रूपमा सक्रिय रहेको कार्य
प्रति स्थानीयवासी तथा भक्तजनहरूले प्रशंसा व्यक्त गरेका छन ।