अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८२-१०-१६
- A
- A-
- A+
२०८२-१०-१६
काठमाडौं महानगरपालिका-१६ बालाजु सुकुम्बासी बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ७ सय १० मिलिग्राम सहित सोही महानगपालिका-१६ बालाजु बस्ने गोरखा घर भएका ३४ वर्षीय छिरिङ लामालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि अन्य ६ जना मानिसहरूलाई समेत नियन्त्रणमा लिएको छ । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।