दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम
२०८२-१०-१४
- A
- A-
- A+
माघ १४ गते बुधबार
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक
ईश्वर कार्कीज्यूको समुपस्थितिमा जनपद प्रहरी तर्फ प्रहरी हवल्दारबाट प्रहरी
बरिष्ठ हवल्दार पदमा बढुवा हुनु भएका प्र.व.ह. अजित कुमार पाण्डे , प्रहरी सहायक हवल्दारबाट प्रहरी
हवल्दार पदमा पदोन्नती हुनु भएका प्र.ह. रुपलाल नाउ र प्रहरी जवान पदबाट प्रहरी
सहायक हवल्दार पदमा बढुवा हुनु भएका प्र.स.ह.यशोदा श्रेष्ठलाई प्रहरी अतिरिक्त
महानिरीक्षकज्यूले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नु भएको छ ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक,प्रहरी
बरिष्ठ उपरीक्षकहरु,प्रहरी उपरीक्षकहरु लगायत सिनियर
प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत र अन्य प्रहरी कर्मचारीहरुको उपस्थिती
रहेको थियो ।