नक्कलि हतियार सहित २ जना मानिस नियन्त्रणमा
२०८२-१०-११
- A
- A-
- A+
माघ ११ आईतबार
प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले नक्कलि हतियार सहित २ जनालाई गएराती काठमाडौं महानगरपालिका ३२ स्थित कोटेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा घर भई काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा डेरा गरी बस्ने २८ बर्षीय किरण घिमिरे र अछाम घर भई हाल जिल्ला काठमाडौं जडिबुटी बस्ने कुमार लोहार रहेका छन । उनिहरुको साथबाट प्रहरीले ३०३ राइफल जस्तो देखिने डमी लामो हतियार १ थान, कटुवा पेस्तोल जस्तो देखिने डमी सानो हतियार २ थान, खुकुरी जस्तो फलामले बनेको हतियार २ थान र मोटरसाइकल १ थान सहित पक्राउ गरेको हो । सि.सि.टि.भि. फुटेजको आधारमा अनुसन्धान गर्दा बाग्मती प्रदेश ०२-०१२ प ५८५२ नम्बरको यमाह कम्पनीको FZ Version मोटरसाईकल किरण घिमिरेको रहेको खुल्न आए सँगै निजलाई पक्राउ गरि सोधपुछ गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ३२ स्थित सांस्कृति नृत्य कला केन्द्रमा लुकाई छिपाई राखेको अवस्थामा सामानहरु फेला परेको र घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भई रहेको छ ।