नेपाल प्रहरी स्कुल सामाखुसीको वार्षिकोत्सव कार्यक्रम सम्पन्न
२०८२-१०-१०
- A
- A-
- A+
माघ १० गते शनिवार
नेपाल प्रहरी श्रीमती सँघकी अध्यक्ष नबिना खत्री कार्कीज्यूको प्रमुख आतिथ्यमा नेपाल प्रहरी स्कुल सामाखुसीको सत्ताईसौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी कार्कीले विद्यालयको सत्ताईसौँ वार्षिकोत्सवका अवसरमा प्रकाशन हुन लागेको ‘दीप्तिका स्मारिका २०८२’ को बिमोचन गर्नुका साथै विद्यार्थीहरुलाई पुरस्कार हस्तान्त्रण गर्नु भयो । कार्यक्रममा स्कुल व्यवस्थापन समितीका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख संजय सिंह थापा, श्रीमती सँघका पदाधिकारीहरु, नेपाल प्रहरी स्कुलका प्राचार्य, समादेशक, शिक्षक, शिक्षिकाहरु, विद्यार्थी, अभिभावक तथा प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।