अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ४ जना पक्राउ
२०८२-१०-०८
- A
- A-
- A+
काठमाडौं, टोखा नगरपालिका-७ बसुन्धारा खरिबोटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम १ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने इलाम, इलाम नगरपालिका-४ घर भएका ३७ वर्षीय दिपक राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोँगबु समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
ललितपुर,
गोदावरी नगरपालिका-५
लेले बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८२ ट्याब्लेट र स्पास्पेन १० ट्याब्लेट सहित महालक्ष्मी नगरपालिका-१२
धापाखेल बस्ने रामेछाप मन्थली घर भएका २२
वर्षीय पाल्देन लामा समेत ३ जनालाई बुधबार बिहान
प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लेलेबाट खटिएको
प्रहरीले बा.९७ प ५८६७ नम्बरको स्कुटरमा
सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो
। यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।