‘सार्वजनिक सवारी साधनमा CC camera र Dashboard Camara जडान कार्य शुभारम्भ
२०८२-१०-०७
- A
- A-
- A+
ट्राफिक प्रहरीका लागि क्षमता अभिवृद्धि तालिमको उद्घाटन तथा सार्वजनिक
सवारी साधनमा CC camera र Dashboard Camara जडान
कार्यको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त
महानिरीक्षक ईश्वर कार्कीबाट शुभारम्भ भएको छ ।
उक्त कार्यक्रममा प्रहरी अतिरिक्त
महानिरीक्षक कार्कीले सार्वजनिक यातायात नागरिकको पहुँचमा हुने भएकाले यसलाई
प्रविधियुक्त बनाउन आवश्य रहेको बताउनुभयो ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजना र Nepal Automobile
Importers and Manufacturers Association (NAIMA) को सहकार्यमा
आजबाट संचालनमा आएको हो ।
उक्त कार्यक्रममा सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह
२०८२ सफल बनाउन बिभिन्न क्षेत्रबाट भूमिका खेल्ने संघ-संस्था र व्यक्तिहरूलाई
कदर-पत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा NAIMA, NADA का प्रतिनिधि,यातायात व्यवसायी, कलाकार, ट्राफिक प्रहरी कर्मचारीहरू तथा पत्रकारहरुको उपस्थिति रहेको
थियो ।