सि.सि.टि.भि. जडान सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर
२०८२-१०-०७
- A
- A-
- A+
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त
महानिरीक्षक ईश्वर कार्की र अधिकार सम्पन्न बागमति सभ्यता एकिकृत बिकास समितीको तर्फबाट आयोजना निर्देशक मचाकाजी महर्जन बिच काठमाडौंको
गोकर्ण देखि बल्खु सम्म बागमति नदि करिडोरमा सि.सि.टि.भि. जडान सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र
आदान प्रदान समेत गर्नुभयो ।
सो कार्यक्रममा अधिकार सम्पन्न
बागमति सभ्यता एकिकृत बिकास समितीका निर्देशक मचाकाजी महर्जनले नागरीक सुरक्षाको
लागी नेपाल प्रहरीसँग सहकार्य गर्न पाँउदा खुसि व्यक्त गर्नुभयो ।
सोही अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी
अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले नागरिकहरूको शान्ति सुरक्षालाई मध्यनजर गरी
यहाँहरुले लगानी गरिदिनु भऐकोमा नेपाल प्रहरीको तर्फबाट धन्यबाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा अधिकार सम्पन्न बागमति सभ्यता एकिकृत बिकास समितीका पदाधिकारीहरू
तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको
थियो ।