सुरक्षा सँग सम्बन्धित बिबिध बिषयमा अन्तर्क्रिया सम्पन्न
२०८२-१०-०१
- A
- A-
- A+
पुष ३० गते बुधबार
“हाम्रो प्रहरी कार्यक्रम” अन्तर्गत आज Cyber Crime, बित्तिय सुरक्षा, बैङकिङ्ग कसुर लगायत बिबिध सुरक्षा संग सम्बन्धित बिषयमा एकदिने प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बुढानिलकण्ठ नगरपालिका वडा ९, प्रहरी वृत्त महाराजगञ्ज र सामुदायिक प्रहरी सेवा केन्द्र बाँसवारीको संयुक्त आयोजनामा मण्डिखाटार स्थित गेटा कलेजको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । काठमाडौ उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रहरी नायव महानिरिक्षक श्री ओम प्रसाद अधिकारीले अन्तरकृयामा उठेका विषयहरुको संबोधन गर्नु भयो ।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा ९ कि अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे, बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा, वडा ९ मण्डिखाटार स्थित बिभिन्न संघसंस्थाका पदाधिकारीज्यूहरु, जनप्रतिनिधिज्यूहरु, स्थानिय समाजसेवी लगायत बिभिन्न पेशामा आवद्ध व्यक्तिहरुको उपस्थिती रहेको थियो ।