काठमाडौंको गोकर्णेश्वरमा ट्राफिक लाईट उद्घाटन सम्पन्न
२०८२-१०-०१
- A
- A-
- A+
पुष ३० काठमाडौं
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा काठमाडौंको गोकर्णेश्वर स्थित नारायणटार पुलको ट्राफिक लाईट उद्घाटन भएको छ । उक्त कार्यक्रममा स्वागत मन्तव्य ट्राफिक प्रहरी बृत्त बौद्धका प्रहरी निरीक्षक शेखरजंग थापाले राख्नुका साथै गोकर्णेश्वर नगरपालिका उपप्रमुख सान्नानी लामा र प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक सप्ताहको विषयमा आ-आफ्ना विचार व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले ट्राफिक सप्ताह ट्राफिक व्यवस्थापनको मात्र विषय नभएर नागरीक सुरक्षाको विषय समेत रहेको बताउनु भयो । कार्यक्रमका सभापति गोर्कर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले प्रहरीले गरेका सबै अभियान हामी नागरीकको सुरक्षा लागी भएको र प्रहरीका लागी हरेक कार्यमा सहयोग गर्न आफ्नो नगरपालिका तत्पर रहेको बताउनु भयो । कार्यक्रममा बिभिन्न बिद्यालयका विद्यार्थी,समाजसेवी,यातायात व्यवसायी,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।