प्रहरी कन्ट्रोल : १००
नेपा
EN

“सडक दुर्घटना न्यूनिकरण बिशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” सम्बन्धी सचेतनामुलक र्‍याली सम्पन्न

२०८२-१०-०१

  • A
  • A-
  • A+
Share

“ सभ्य नागरीकको चिनारी, सडक दुर्घटना न्यूनिकरण हामी सबैको जिम्मेवारी” भन्ने राष्ट्रिय नाराका साथ  “सडक दुर्घटना  न्यूनिकरण बिशेष अभियान तथा ट्राफिक सप्ताह २०८२”  सम्बन्धी सचेतनामुलक र्‍याली काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीको प्रमुख आतिथ्यता साथै सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वरका अध्यक्ष श्री रविन्द्र थापाको अध्यक्षातामा कोटेश्वर ट्राफिक प्रभाग देखी सुरु भई जडिबुटी अरनिको बषपार्कमा औपचारिक कार्यक्रम गरी  सम्पन्न भएको छ । 

  प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भयो साथै बागमति प्रदेश सभा सदस्य सुनिल के.सि., अखिल नेपाल यातायात मजदुर सघं नेपालका अध्यक्ष श्री दिपक के.सि. नेपाल अरनिको यातायात सेवा प्र.लि.का अध्यक्ष श्री केदार क्षेत्री लगायत बिभिन्न व्यक्तिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

  कार्यक्रमका  प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक अधिकारीले ट्राफिक नियमप्रती सबैले सकारात्मक सोचको विकाश गर्नु पर्ने बताउनु हुँदै  ट्राफिक प्रहरी र यातायातका मजदुर दुबैको साझेदारी र एक्यवद्धताले मात्र सडक सुरक्षामा थप टेवा पुर्‍याउने धारणा व्यक्त गर्नु भयो । उक्त कार्यक्रम काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय सामशाह पथ, ट्राफिक प्रहरी प्रभाग,प्रहरी प्रभाग कोटेश्वर,  र अरनिको यातायात सेवा प्रा.लिको सहकार्यमा सम्पन्न भएको हो । 


सम्बन्धित समाचार
निर्वाचन अधिकृत कार्यालयहरुको स्थलगत अनुगमन कार्यक्रम सम्पन्न
२०८२-११-१५

आगामी फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मर्यादित, व्यवस्थित तथा भयरहित वातावरणमा सम्पन्न गर्न उपत्यकास्थित निर्वाचन क्षेत्र तथा स्थलहरुको  सुरक्षा अवस्था तथा अन्य तयारीको अवस्थाबारे स्थलगत अनुगमनका क्रममा यस उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारीज्यू, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी  मुख्यालयका सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरेश कुमार श्रेष्ठज्यू तथा अन्य सुरक्षा निकायका प्रतिनिधि  सम्मिलित टोलीबाट आज भक्तपुर जिल्लाका निर्वाचन क्षेत्र १ र २ अन्तर्गतका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत कार्यालयहरुको स्थलगत अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।

अवैध रूपमा लैजान लागेको नेपाली राहदानी ४८ थान सहित १ जना पक्राउ
२०८२-११-१४

अवैध रूपमा लैजान लागेको नेपाली राहदानी ४८ थान सहित जिल्ला काठमाडौं नागार्जुन नगरपालिका  १ स्थायी वतन भएका राहदानी नं. PA1878693 वाहक वर्ष ४५ को तारा चन्द चौधरीलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो । निज तारा चन्द चौधरी भुटान एयरलाइन्सको उडान नं. B3 773 द्वारा काठमाडौबाट दिल्ली जान लागेको अवस्थामा साथमा लिई आएको पछाडी भिर्ने कालो रंगको झोलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ह्‍याण्ड व्यागेज चेकिङ एरियाको X- ray Machine मा Screening गर्ने क्रममा उक्त झोला भित्र नेपाली राहदानी ४८ थान वाह्‍य मुलुकतर्फ लान लागेको अवस्थामा फेला परेको थियो । निजलाई थप अनुसन्धान एवं आवश्यक कारबाहीको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु काठमाडौं पठाईएको छ ।

अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न तीन जना पक्राउ
२०८२-११-१३

काठमाडौं, अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका-५ घर भएका २६ वर्षीय फपेन्द्र न्यौपाने, जुम्ला तिला गाउँपालिका-८ घर भएका ३६ वर्षीय धनराज बस्नेत र कास्की माछापुच्छ्रे गाउँपालिका-७ घर भएका ४२ वर्षीय शिव बहादुर घर्ती रहेका छन् ।   काठमाडौं महानगरपालिका-१२ टेकुस्थित शिव बहादुरले संचालन गरेको रोडलाईन प्यालेस होटलमा पीडितलाई बन्धक बनाई कुटपिट गरी घाइते बनाएको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले पीडितको सकुशल उद्दार गरेको छ ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहिको लागी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित एक जना पक्राउ
२०८२-११-१३

काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट बाह्‍य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १० हजार ५ सय, युरो २६ हजार ७ सय,  चाइनिज युआन ७ हजार ४ सय र Fem hundra kronor (स्विडेन) ४३ हजार सहित स्वीडिस नागरिक ५१ वर्षीया KUNCHOK KHANDRO मंगलबार बिहान पक्राउ परेकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले सिचुवान एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट चीन जान लागेकी उनलाई जाँच गर्ने क्रममा उनको ब्यागबाट उक्त मुद्राहरू फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।