“सडक दुर्घटना न्यूनिकरण बिशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” सम्बन्धी सचेतनामुलक र्याली सम्पन्न
२०८२-१०-०१
- A
- A-
- A+
“ सभ्य नागरीकको चिनारी, सडक दुर्घटना न्यूनिकरण हामी सबैको जिम्मेवारी” भन्ने राष्ट्रिय नाराका साथ “सडक दुर्घटना न्यूनिकरण बिशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” सम्बन्धी सचेतनामुलक र्याली काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीको प्रमुख आतिथ्यता साथै सामुदायिक प्रहरी सेवा केन्द्र कोटेश्वरका अध्यक्ष श्री रविन्द्र थापाको अध्यक्षातामा कोटेश्वर ट्राफिक प्रभाग देखी सुरु भई जडिबुटी अरनिको बषपार्कमा औपचारिक कार्यक्रम गरी सम्पन्न भएको छ ।
प्रहरी बरिष्ठ उपरीक्षक नवराज अधिकारीले स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भयो साथै बागमति प्रदेश सभा सदस्य सुनिल के.सि., अखिल नेपाल यातायात मजदुर सघं नेपालका अध्यक्ष श्री दिपक के.सि. नेपाल अरनिको यातायात सेवा प्र.लि.का अध्यक्ष श्री केदार क्षेत्री लगायत बिभिन्न व्यक्तिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक अधिकारीले ट्राफिक नियमप्रती सबैले सकारात्मक सोचको विकाश गर्नु पर्ने बताउनु हुँदै ट्राफिक प्रहरी र यातायातका मजदुर दुबैको साझेदारी र एक्यवद्धताले मात्र सडक सुरक्षामा थप टेवा पुर्याउने धारणा व्यक्त गर्नु भयो । उक्त कार्यक्रम काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय सामशाह पथ, ट्राफिक प्रहरी प्रभाग,प्रहरी प्रभाग कोटेश्वर, र अरनिको यातायात सेवा प्रा.लिको सहकार्यमा सम्पन्न भएको हो ।