ट्राफिक सप्ताहको चौथो दिन सांस्कृतिक कार्यक्रम गरि कलंकीमा सम्पन्न ।
२०८२-०९-२९
- A
- A-
- A+
पुष २९ गते मंगलबार
ट्राफिक सप्ताहको आजको कार्यक्रम काठमाडौं
उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक ईश्वर कार्कीको
प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रहरी
निरीक्षक राजिव वस्नेतले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रममा पानसमा बत्ति बालि
कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी काठ्माडौं उपत्यका प्रहरी कार्यालय
प्रमुख कार्कीले गर्नु भयो । ट्राफिक सप्ताह ट्राफिक सचेतना फैलाउने उदेश्यले
संचालनमा ल्याईएको हुँदा यस्ता कार्यक्रमले प्रहरीलाई काम गर्न हौसला प्रदान गर्ने
र सवारी दुर्घटना न्युनिकरणमा ठुलो योगदान पुग्ने कुरा प्रमुख अतिथी कार्कीले बताउनु भयो । कार्यक्रमको आवस्यकता बारे
काठ्माडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक नवराज
अधिकारीले आफ्ना भनाईहरु राख्नु भयो । त्यस्तै उप प्रध्यापक डा. बुद्धिमान
श्रेष्ठले सांगितिक प्रस्तुतीको खुलेर प्रशंसा गर्नु भयो । गायक पशुपति
शर्मा,प्रकाश कटुवाल , बालचन्द्र बराल लगायतले आफ्नो प्रस्तुतिकरण राख्नु भएको उक्त
कार्यक्रममा नेपाल प्रहरी तथा अन्य क्षेत्रबाट आमन्त्रित कलाकारहरुले समेत आ- आफ्ना
प्रस्तुतिहरू राख्नु भयो । ट्राफिक प्रहरीको भवन निर्माण कार्यमा सहयोग
पुर्याउनुहुने महानुभावलाई कार्यक्रमका प्रमुख अतिथीले सम्मान पत्र द्ववारा सम्मान
गर्नु भयो । कार्यक्रममा प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारी सहित यातायात
व्यवसायी,कलाकार,पत्रकार तथा दर्शकहरूको बाक्लो उपस्थिती रहेको थियो ।