बालाजुबाट भन्सार छलिको ४०० बोरा युरिया मल तथा ६० बोरा मकै सहित चालक नियन्त्रणमा
२०८२-०९-२८
- A
- A-
- A+
काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका
वडा नम्बर १६ बालाजु पुल नजिकबाट ना ६ ख ७०११ नम्बरको मालबाहक ट्रकमा भन्सार छलिको
सामानहरु ल्याएको छ भन्ने गोप्य सुचनाको आधारमा उक्त मालवाहक ट्रकलाई नियन्त्रणमा
लिई खानतलासी गर्दा बाहिर पट्टी मकैको बोराले बेरी भित्र पट्टी लुकाई छिपाई राखेको
अवस्थामा ४०० बोरा युरिया मल (४०० बोरामा प्रति बोरा ४५ किलो) तथा ६० बोरा मकै (६०
बोरामा प्रति बोरा ५० किलो) समेत मालवाहक ट्रक तथा चालक जिल्ला रौतहट बृद्धाबन
नगरपालिका वडा नं.०६ घर भई बस्ने बर्ष अं.२५ को राज कुमार महत्तोलाई नियन्त्रणमा
लिई थप अनुसन्धानका लागि भन्सार कार्यालय गौचर बुझाइएको छ ।