प्रहरी कन्ट्रोल : १००
नेपा
EN

युअवैध लागूऔषध सहित उपत्यकाको विभिन्न स्थानबाट ५ जना पक्राउ पक्राउ

२०८२-०९-२७

  • A
  • A-
  • A+
Share

काठमाडौं, टोखा नगरपालिका-९ गोंगबु लक्ष्मीनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने झापा घर भएका २५ वर्षीय मन्दत राई र टोखा नगरपालिका-९ दिपज्योती बस्ने नवलपरासी पश्चिम घर भएका २९ वर्षीय प्रविण ज्ञवाली रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले मन्दतको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो ।

            यसैगरी काठमाडौं महानगरपालिका-६ बौद्धबाट नियन्त्रित लागूऔषध फेनारगन १ हजार ४ सय ८३ एम्पुल, डाईजेपाम १ हजार २ सय ९३ एम्पुल र बुप्रेनोर्फिन १ हजार २ सय ९३ एम्पुल सहित गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती बस्ने मकवानपुर घर भएका ४२ वर्षीय रामराज गिरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिेएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

            यसैगरी काठमाडौं, काठमाडौं महानगरपालिका-६ बाट नियन्त्रित लागूऔषध फेनारगन ८३ एम्पुल, डाईजेपाम ८५ एम्पुल, नोर्फिन १९ एम्पुल र बुप्रेनोर्फिन ६० एम्पुल सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-६ बस्न ४१ वर्षीय पाण्डे भन्ने निर्मल लामा र ५१ वर्षीय घैटे भन्ने अर्जुन तामाङ रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिेएको प्रहरी उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

सम्बन्धित समाचार
“दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ को दोस्रो दिन विविध कार्यक्रम गरी सम्पन्न”
२०८२-०९-२७

ट्राफिक सप्ताह अन्तर्गत आज दोस्रो दिन  काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख अतिथ्यतामा नयाँ बसपार्कबाट छुट्ने चालक तथा सहचालकहरू लगायत यात्रु महानुभावहरुको आँखा जाँच शिविर कार्यक्रमका साथै काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा ट्राफिक जनचेतनामूलक प्लेकार्ड प्रदर्शन, पैदलयात्रुलाई  सुरक्षित तरिकाले बाटो काट्न सिकाउने,यात्रु तथा पैदलयात्रुसँग २ मिनेट कार्यक्रम, चालक र परिचालकसँग २ मिनेट कार्यक्रम, दुई पाङ्ग्रे  र चार पाङ्ग्रे सवारी साधन लक्षित कार्यक्रम गरी सम्पन्न भएको छ । “सभ्य नागरिकको चिनारी, सडक दुर्घटना न्यूनीकरण हामी सबैको जिम्मेवारी” भन्ने नाराका साथ मिति २०८२।०९।२७ गते बाट माघ ३ गतेसम्म संचालन हुने ट्राफिक सप्ताहमा पैदलयात्रुलाई  सुरक्षित तरिकाले बाटो काट्न सिकाउने, दुई पाङ्ग्रे सवारी साधन लक्षित जनचेतनामूलक कार्यक्रम, कलेज तथा स्कुल सम्पर्क कार्यक्रम, रात्रिकालिन् सवारी चालक र परिचालकलाई सचेतनामूलक कार्यक्रम लगायत विभिन्न ट्राफिक सम्बन्धी कार्यक्रमहरू संचालन हुनेछन् ।

प्र.म.नि. ज्यूको प्रमुख आतिथ्यमा ट्राफिक सप्ताहको शुभारम्भ पौष २६ गते शनिवार
२०८२-०९-२६

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यमा आज देखि ट्राफिक सप्ताह सुरु भएको छ ।  दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ को र्‍याली काठमाडौको बसन्तपुरमा सुरु भई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा पुगेर औपचारीक सभाको रुपमा परिणत भएको हो ।  काठ्माडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले उक्त अबसरमा स्वागत मन्तव्य प्रस्तुत गर्नु भयो । कार्यक्रममा वरिष्ठ हाँस्य कलाकार हरिबंस आचार्यले ट्राफिक व्यवस्थापनलाई वेवास्था गरेमा भोलीका दिनमा असहज अबस्था शिर्जना हुन सक्ने बताउनु भयो। काठमाडौं महानगरपालिकाकी उप प्रमुख सुनिता डंगोलले यस अघि आफुले ट्राफिक स्वयंम सेवकको भुमिका निर्वाह गरेको स्मरण गर्दै  ट्राफिक व्यवस्थापन एउटा पक्षको मात्र जिम्मेवारी नभई सबै पक्षको उत्तिकै भुमिका हुने बताउनु भयो । कार्यक्रममा नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष,मजदुर संगठनका अध्यक्ष लगायतले ट्राफिक सप्ताह सफलतामा संस्थागत सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले ट्रफिक नियमको पालना मानिसको आफ्नो स्वयम सुरक्षाको लागी भएको र यसको पालनाले मानिसको सभ्यता मापन हुने बताउनु भयो । भदौ २४ गते तोडफोड भै पुर्ण रुपमा क्षति ग्रस्त भएको मेट्रो ट्राफिक एफ.एमको समेत प्रमुख अतिथी प्रहरी महानिरिक्षक कार्कीले सोही अबसरमा उद्‌घाटन गर्नुभयो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक ईश्वर कार्कीले उपस्थित सबै जनामा धन्यबाद ज्ञापन गर्नु भयो । कार्यक्रममा प्रहरी बरिष्ठ अधिकृतहरु ,काठमाडौं उपत्यकाका ट्राफिक व्यवस्थापन सँग सरोकार राख्ने सम्पुर्ण कार्यालयका प्रमुख तथा प्रतिनिधी, पत्रकार, बिधार्थी,समुदायका सकृय महानुभावहरुको उपस्थिती रहेको थियो । ट्राफिक सप्ताहको  अवसरमा पैदलयात्रुलाई  सुरक्षित तरिकाले बाटो काट्न सिकाउने, दुई पाङ्ग्रे सवारी साधन लक्षित जनचेतनामूलक कार्यक्रम, कलेज तथा स्कुल सम्पर्क कार्यक्रम,रात्रिकालिन सवारीका चालक र परिचालकलाई सचेतना कार्यक्रम लगायतका विभिन्न ट्राफिक सम्बन्धी कार्यक्रमहरु संचालन हुने छन । 

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०९-२५

२०८२ पुस २५ काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर थिमि नगरपालिका-२ बस्ने ललितपुर, ललितपुर महानगरपालिका-१६ घर भएका ३४ वर्षीय अमन महर्जनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । अमनले युके पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २८ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई भक्तपुर मध्यपुर थिमि नगरपालिका-२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

गौशालाबाट मयुर यातायातको बसमा पकेटमारी गर्ने ४ जना नियन्त्रणमा
२०८२-०९-२४

बाग्लुङ घर भई काठमाडौं मित्रनगर बस्ने ३७ वर्षीय दिपेन्द्र शर्माले पकेटमारी भएको भनि मिती २०८२।०९।२३ गते ११ बजे निजले बोकेको कालो रङको साईट ब्यागमा राखेको नगद रू. २ लाख ७५ हजार  हराएको  विषयमा दिएको निवेदनमा अनुसन्धान गर्दा सोही दिन बेलुकी ५ बजे पकेटमारी कार्यमा संलग्न ४ जनालाई  उपलव्ध श्रोत साधन र प्रविधीको  प्रयोग गरी प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा ३७ वर्षीय सरोज खड्का, ४२ वर्षीय बिकाश लामा, ३३ वर्षीय राजु गुरुङ र ३३ वर्षीय सुवास मगर रहेका छन । पक्राउ परेका उनिहरुको साथबाट नगद सहित अन्य 

सिसिटिभी सम्बन्धि अत्यावस्यक सामग्री हस्तान्तरण कार्यक्रम
२०८२-०९-२३

काठमाडौं, २३ पुस    काठमाडौं उपत्यका प्रहरी कार्यालयमा बुधबार सिसिटिभी जडान तथा मर्मत सम्बन्धि आवश्यक सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीलाई CS sales of services PVT LTD कम्पनीका CEO रंजित सिंहले संस्थाको तर्फबाट आवस्यक सामग्री हस्तान्तरण गर्नु भएको हो  ।      कार्यक्रममा कम्पनिका CEO  रंजित सिंहले हर प्रहर  देश र नागरिकको सेवामा अग्रपङ्क्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नु भयो । साथै उहाँले आगामी दिनमा समेत नेपाल प्रहरीसँग यस्ता कार्यमा सहयोग गर्न निरन्तर प्रतिबद्ध रहेको बताउनु भयो ।       प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले काठमाडौं उपत्यका प्रहरी कार्यालय र CS sales of services PVT LTD ले बिगत देखि नै सहकार्य गर्दै आएको र उहाँहरुको सेवा अत्यन्तै राम्रो रहेको स्मरण गर्दै उहाँले आगामी दिनमा समेत निरन्तर रुपमा संस्थागत सहयोगको अपेक्षा गर्दै धन्यबाद ब्यक्त गर्नु भयो  ।      कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षकहरु,प्रहरी उपरिक्षकहरु, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरिक्षकहरुका साथै अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।