प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्र.म.नि. ज्यूको प्रमुख आतिथ्यमा ट्राफिक सप्ताहको शुभारम्भ पौष २६ गते शनिवार

२०८२-०९-२६

  • A
  • A-
  • A+
Share

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यमा आज देखि ट्राफिक सप्ताह सुरु भएको छ ।  दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ को र्‍याली काठमाडौको बसन्तपुरमा सुरु भई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा पुगेर औपचारीक सभाको रुपमा परिणत भएको हो ।  काठ्माडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले उक्त अबसरमा स्वागत मन्तव्य प्रस्तुत गर्नु भयो । कार्यक्रममा वरिष्ठ हाँस्य कलाकार हरिबंस आचार्यले ट्राफिक व्यवस्थापनलाई वेवास्था गरेमा भोलीका दिनमा असहज अबस्था शिर्जना हुन सक्ने बताउनु भयो। काठमाडौं महानगरपालिकाकी उप प्रमुख सुनिता डंगोलले यस अघि आफुले ट्राफिक स्वयंम सेवकको भुमिका निर्वाह गरेको स्मरण गर्दै  ट्राफिक व्यवस्थापन एउटा पक्षको मात्र जिम्मेवारी नभई सबै पक्षको उत्तिकै भुमिका हुने बताउनु भयो । कार्यक्रममा नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष,मजदुर संगठनका अध्यक्ष लगायतले ट्राफिक सप्ताह सफलतामा संस्थागत सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले ट्रफिक नियमको पालना मानिसको आफ्नो स्वयम सुरक्षाको लागी भएको र यसको पालनाले मानिसको सभ्यता मापन हुने बताउनु भयो । भदौ २४ गते तोडफोड भै पुर्ण रुपमा क्षति ग्रस्त भएको मेट्रो ट्राफिक एफ.एमको समेत प्रमुख अतिथी प्रहरी महानिरिक्षक कार्कीले सोही अबसरमा उद्‌घाटन गर्नुभयो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक ईश्वर कार्कीले उपस्थित सबै जनामा धन्यबाद ज्ञापन गर्नु भयो । कार्यक्रममा प्रहरी बरिष्ठ अधिकृतहरु ,काठमाडौं उपत्यकाका ट्राफिक व्यवस्थापन सँग सरोकार राख्ने सम्पुर्ण कार्यालयका प्रमुख तथा प्रतिनिधी, पत्रकार, बिधार्थी,समुदायका सकृय महानुभावहरुको उपस्थिती रहेको थियो । ट्राफिक सप्ताहको  अवसरमा पैदलयात्रुलाई  सुरक्षित तरिकाले बाटो काट्न सिकाउने, दुई पाङ्ग्रे सवारी साधन लक्षित जनचेतनामूलक कार्यक्रम, कलेज तथा स्कुल सम्पर्क कार्यक्रम,रात्रिकालिन सवारीका चालक र परिचालकलाई सचेतना कार्यक्रम लगायतका विभिन्न ट्राफिक सम्बन्धी कार्यक्रमहरु संचालन हुने छन । 

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।