चोरीको मोटरसाइकल सहित १ जना मानिस नियन्त्रणमा
२०८२-०९-२५
- A
- A-
- A+
मिति
२०८२।०९।२३ गते अ. ०९:३० बजेको समयमा प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरी
टोलीले जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका २७ केसरमहल चोक नजिकबाट
बा. प्र ०२-०२१ प ३७३४ नं. को १५० सि.सि.को चोरीको पल्सर मोटरसाइकल सहित जिल्ला
रामेछाप, मन्थली नगरपालिका ४ बस्ने वर्ष २४ को विक्रम सुनुवारलाई
नियन्त्रणमा लिई प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान भइरहेको ।