सिसिटिभी सम्बन्धि अत्यावस्यक सामग्री हस्तान्तरण कार्यक्रम
२०८२-०९-२३
- A
- A-
- A+
काठमाडौं, २३ पुस
काठमाडौं उपत्यका प्रहरी कार्यालयमा बुधबार सिसिटिभी
जडान तथा मर्मत सम्बन्धि आवश्यक सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । उक्त
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त
महानिरीक्षक ईश्वर कार्कीलाई CS sales of services PVT LTD कम्पनीका CEO रंजित सिंहले संस्थाको तर्फबाट आवस्यक सामग्री
हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा कम्पनिका CEO रंजित सिंहले हर
प्रहर देश र नागरिकको सेवामा
अग्रपङ्क्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नु
भयो । साथै उहाँले आगामी दिनमा समेत नेपाल प्रहरीसँग यस्ता कार्यमा सहयोग गर्न
निरन्तर प्रतिबद्ध रहेको बताउनु भयो ।
प्रहरी
अतिरिक्त महानिरीक्षक कार्कीले काठमाडौं उपत्यका प्रहरी कार्यालय र CS sales of services
PVT LTD ले बिगत देखि नै सहकार्य गर्दै आएको र उहाँहरुको सेवा अत्यन्तै
राम्रो रहेको स्मरण गर्दै उहाँले आगामी दिनमा समेत निरन्तर रुपमा संस्थागत सहयोगको
अपेक्षा गर्दै धन्यबाद ब्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रहरी नायव
महानिरीक्षक ओम प्रसाद अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षकहरु,प्रहरी उपरिक्षकहरु,
प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरिक्षकहरुका साथै अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति
रहेको थियो ।