प्रहरी नायव उपरीक्षक चित्र बहादुर भट्टराईको बिदाई कार्यक्रम ।
२०८२-०९-२३
- A
- A-
- A+
काठमाडौं, २३ पुस
काठमाडौं
उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको
प्रमुख उपस्थितीमा स्वेच्छिक अबकाश जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक चित्र
बहादुर भट्टराईको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी नायव उपरीक्षक भट्टराईलाई काठमाडौं उपत्यका
प्रहरी कार्यालयको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले ढाकाटोपी,खादा
तथा मायाको चिनो” प्रदान गरि बिदाई गर्नु भयो ।
बिदाई हुन
लाग्नु भएका प्रहरी नायव उपरीक्षक चित्र बहादुर भट्टराईले आफु सेवामा रहदा प्राप्त
गर्नुभएका अनुभव ,अवसर र चुनौतीको सम्बन्धमा आफ्ना बिचार राख्नु भयो ।
बिदाई समारोहलाई
सम्बोधन गर्नुहुदै
प्रहरी अतिरीक्त महानिरीक्षक कार्कीले यस पवित्र संगठनमा सेवा प्रवेश गरी देशका
विभिन्न स्थानहरुमा आफूलाई तोकिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरी संगठनमा
पुर्याउनुभएको योगदानको उच्च कदर गर्नुका साथै अवकाश पश्चातको
पारिवारिक तथा सामाजिक सुखमय जीवनका लागी समेत शुभकामना व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा
प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारी,प्रहरी बरिष्ठ उपरीक्षकहरु,प्रहरी
उपरीक्षकहरू,सिनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी
कर्मचारीहरूको उपस्थिति रहेको थियो ।