दोस्रो प्रहरी महानिरीक्षक राष्ट्रिय तेक्वान्दो प्रतियोगिता, २०८२ समापन समारोह सम्पन्न
२०८२-०९-२१
- A
- A-
- A+
काठमाडौं, २१ पुस
नेपाल पुलिस स्कुल सामाखुसीको आयोजनामा २ दिवसिय “दोश्रो प्रहरी महानिरीक्षक
राष्ट्रिय तेक्वान्दो प्रतियोगिता,२०८२” समापन समारोह प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यमा नेपाल पुलिस स्कुल सामाखुसीको
प्राङ्गणमा सोमबार सम्पन्न भएको छ ।
मिति २०८२/०९/२० गतेबाट दुई दिनसम्म चलेको उक्त
प्रतियोगितामा नेपाल भरका ४४ वटा विद्यालयका कुल ६५३
जना विद्यार्थीहरुको सहभागिता रहको थियो ।
कार्यक्रमका प्रमुख अतिथी प्रहरी महानिरीक्षक कार्कीले प्रतियोगिताका विजेता खेलाडीहरू सहभागी विद्यालय तथा खेल व्यवस्थापन गर्ने
सम्पूर्ण टिमलाई पुरस्कार,प्रमाणपत्र तथा मेडल वितरण गर्नु भयो । प्रहरी महानिरीक्षक दान बहादुर
कार्कीले प्रतियोगितामा सहभागि सबै जनामा
हार्दिक आभार व्यक्त गर्दै खेल मार्फत आत्म बिश्वास र अनुशासन बृद्धि हुने कुरामा
जोड दिनु भयो ।
कार्यक्रममा
सामाखुसी पुलिस स्कुल व्यवस्थापन समितीका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ओम
प्रसाद अधिकारीले प्रमुख अतिथी प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई माँयाको
चिनो प्रदान गर्नु भयो । साथै उहाँले IGP National Taekwondo Championship कार्यक्रममा उपस्थित सबै जनालाई धन्यबाद ज्ञापन गर्नु भयो ।
कार्यक्रममा
प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षक , तार्केश्वर
नगरपालिकाका प्रमुख तथा अन्य जन प्रतिनिधिहरु, बिभिन्न सहभागी बिद्यालयका शिक्षक शिक्षिकाहरु ,
नेपाल पुलिस स्कुल सामाखुसीका प्राचार्य, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु,
निर्णायक समितिका सदस्यहरु र विद्यार्थीहरु लगायत सिनियर तथा जुनियर प्रहरी
अधिकृतहरुको उपस्थिति रहेको थियो ।