लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३५ ग्राम सहित २ जना नियन्त्रणमा
२०८२-०९-१८
- A
- A-
- A+
मिति २०८२।०९।१७ गते अन्दाजी १६:३० बजेको समयमा
जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ७ चाबहिल नजिक
रहेको एक गेष्ट हाउसको कोठामा लागु औषध कारोबार भइरहेको भन्ने सूचना प्राप्त भइ
प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले २ जनालाई ३५ ग्राम लागु औषध खैरो
हेरोइन (ब्राउन सुगर) जस्तो पदार्थ लगायत सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको
।
पक्राउ परेका मानिसहरू
१. जिल्ला
सुनसरी, बराहक्षेत्र नगरपालिका ७ घर भइ जिल्ला काठमाडौं, काठमाडौं
महानगरपालिका ७ चाबहिल बस्ने वर्ष ३२ को विशाल राई ।
२. जिल्ला
सुनसरी, कोशी गाउँपालिका २ घर भइ ऐ. बस्ने वर्ष २४ को
दयानन्द यादव ।
बरामद सामानहरू
१. लागु
औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ - ३५ ग्राम
२. तौल
गर्ने डिजिटल तराजु थान - १
३. मोबाइल थान - ३