६५ लाख भन्दा बढी चोरीको नगद तथा गरगहना सहित मानिस पक्राउ
२०८२-०९-१८
- A
- A-
- A+
२०८२ पुस १७
काठमाडौं महानगरपालिका ४ बलुवाटार स्थित रहेको स्र्टोर्म नेटवर्क प्रा.लि.को
रु.४८,७२,६२०।-
(अक्षरेपि अठचालीस लाख बहत्तर हजार छ सय बीस) र ईको भ्याली प्रा.लि.को रु.८,५८,५४१।- (अक्षरेपि आठ लाख अन्ठाउन्न हजार पाँच सय एकचालीस)
चोरी गर्ने काठमाडौं महानगरपालिका २ खुर्सीनिटार बस्ने वर्ष २४ को दुर्गा बहादुर के.सी.लाई
पक्राउ गरेको छ । मिति २०८२।०९।१२ गते राती
चोरी गरी फरार रहेका निजलाई खोजतलास गर्ने
क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुर दाङ समेतको समन्वयमा जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका ६ बाट पक्राउ गरेको हो । निजको साथबाट नगद रकम रु.६५,१७,१४०।- (अक्षरेपि पैँसट्ठी लाख सत्र हजार एक सय चालीस)
सहित चाँदी जस्तो देखिने सेतो धातुको ब्रास्लेट थान १५, चाँदी जस्तो देखिने सेतो
धातुको सिक्का सानो ठूलो थान २८ चाँदी जस्तो
देखिने सेतो धातुको थान १ Dell कम्पनीको ल्यापटप थान १ बरामद भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
छ ।