नक्कली नोट सहित ६ जना पक्राउ
२०८२-०९-१७
- A
- A-
- A+
मिति २०८२।०९।१६ गते
२१:३० बजेको समयमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी
वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले जिल्ला
काठमाडौं, गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेल चोक स्थितबाट निम्न
मानिसहरूलाई चेकजाँच गर्दा एक (१) हजारको नक्कली नोट थान त्रियानब्बे (९३)सहित
नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको ।
पक्राउ परेका मानिसहरू
१. जिल्ला सिन्धुपाल्चोक, बाह्रबीसे नगरपालिका २
घर भइ जिल्ला काठमाडौं, शंखरापुर नगरपालिका ४ साँखु बस्ने वर्ष ३२ को
दावा नोर्वु शेर्पा ।
२. ऐ.ऐ. घर भइ ऐ.ऐ. बस्ने वर्ष ४४ को पासाङ
शेर्पा ।
३. जिल्ला सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका ३ घर
भइ जिल्ला काठमाडौं, शंखरापुर नगरपालिका ४ साँखु बस्ने वर्ष ३२ को प्रकाश गुरुङ ।
४. जिल्ला सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी
नगरपालिका १० घर भइ ऐ. ६ बस्ने वर्ष ४२ की रेणुका भारती ।
५. जिल्ला सिन्धुपाल्चोक, बलेफी गाउँपालिका २ घर
भइ ऐ. ६ बस्ने वर्ष ६५ को गोकर्ण थापा ।
६. जिल्ला काठमाडौं, शंखरापुर नगरपालिका ३
बस्ने वर्ष ४३ को सुक बहादुर स्याङ्बो ।