बिल बिनाको सामान बरामद
२०८२-०९-१७
- A
- A-
- A+
मिति २०८२।०९।१६ गते बिहान ०६:१५
बजेको समयमा काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नं. ४ स्थित बाफल चोकबाट
धनगढी देखी काठमाडौं आएको ना ८ ख ८४९५ नम्बरको बसलाई चेकजाँच गर्दा डिक्की
भित्रबाट २८ कार्टुन मोबाईको पार्टस सामान ( बिल बिनाको) सहित गाडी र गाडीका ४ जना
स्टाफलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी बृत स्वयम्भुमा राखि प्रहरीले अन्य
आवश्यक छानबिन गरिरहेको छ ।
बरामद सामानहरू
-
२७ बोरामा १५०० पिस टेम्पड ग्लास, जम्मा
४०,५०० पिस, १ पिसको अन्दाजी मुल्य रु ३५ को दरले
रु.१४,१७,५०० अक्षरुपी चौध लाख सत्र हजार पाँच सय र
-
१ बोरामा १०० पिस air pods, १ पिसको अन्दाजी मुल्य रु.८०० को दरले रु.८०,०००।– अक्षरुपी असी हजार
गरी जम्मा अन्दाजी मुल्य रु.१४,९७,५०० अक्षरुपी चौध लाख सन्तानब्बे हजार पाँच
सय ।