प्रहरी कन्ट्रोल : १००
नेपा
EN

७ जना प्रहरी कर्मचारीहरु पुरस्कृत

२०८२-०९-१४

  • A
  • A-
  • A+
Share

२०८२ पुस १४

 मिति २०८२।०८।२४ गते जिल्ला सिन्धुली गोलञ्जोर गा.पा. वडा नं.०५ ताप्केडाँडा स्थायी घर भएको वर्ष २५ को सुनिल भन्ने केशवराज हायुलाई कर्तव्य गरी जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.०८ शेराफाँट लुभु स्थित घरको तरकारी बारीमा रहेको पानीको ईनारमा फालेको र मिति २०८२।०८।२५ गते पारुहाङ राईलाई कर्तव्य गरी भक्तपुरको देउराली भञ्याङको झाडी भित्र फालेको घटनाको अनुसन्धानको क्रममा सुक्ष्म रुपमा अनुसन्धान गरी उक्त घटनामा संलग्न व्यक्तिहरुलाई मिति २०८२।०९।०४ गते  र मिति २०८२।०९।०६ गते पक्राउ गर्न सफल भएकोले प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्न तथा हौसला अभिबृद्धी गर्न यस्ता उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई तत्कालै पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीलाई समेत सकरात्मक प्रभाव पर्ने हुदा काठमाडौं उपत्यका प्रहरी कार्यालयले प्रहरी नायव उपरिक्षक २ जना तथा प्रहरी निरीक्षक १ जनालाई र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी नायव निरीक्षक २ जना, प्रहरी सहायक निरीक्षक १ जना र प्रहरी हबल्दार १ जना गरी कुल ७ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । 

सम्बन्धित समाचार
CF 98 पेस्तोल थान २ सहित ३ जना नियन्त्रणमा
२०८२-०९-१४

२०८२ पुस १४      मिति २०८२/०९/१० गते हतियार  लुकाई छिपाई राखिएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलिले ३ जनालाई नियन्त्रणमा लिएको छ ।  पक्राउ पर्नेमा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १५ डल्लु बस्ने वर्ष ३२ को झिल्के भन्ने विकाश शाही, जिल्ला मोरङ, लेटाङ नगरपालिका ४ गर भएको वर्ष २२ को शाहिल तिवारी र जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १३ बाफल बस्ने वर्ष ३३ को जस्वन राई भन्ने अश्विन राई रहेका छन । उनिहरुको साथबाट CF 98 पेस्तोल थान- २  , सो पेस्तोलमा लाग्ने म्यागजिन थान -३  र गोलि थान – २ सहित गोलिको खोका थान- २ बरामद भएको छ ।     यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक छानबिन गरिरहेको छ ।

‘हाम्रो प्रहरी’ कार्यक्रम शुभारम्भ समारोह सम्पन्न
२०८२-०९-१३

२०८२ पुस १३ प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतित्थ्यतामा ‘हाम्रो प्रहरी’ कार्यक्रम शुभारम्भ समारोह सम्पन्न भएको छ ।     जिल्ला प्रहरी परिसर काठमाडौंद्वारा काठमाडौं बसन्तपुरमा आइतबार आयोजित ‘हाम्रो प्रहरी’ कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले नागरिकहरूको अपार समर्थनको कारणले सुरक्षाकर्मीहरूले सफलतापूर्वक काम गरिरहेको चर्चा गर्दै समाजमा शान्ति सुव्यवस्था कायम गर्न नागरिक प्रहरीको सहकार्य अत्यन्त महत्वपूर्ण हुने बताउनुभएको छ ।       भदौ २३ र २४ गतेको “नव पुस्ताको आन्दोलन” पश्चातको सन्दर्भमा नेपाल प्रहरीले सञ्चालन गदै आइरहेको समदुाय-प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाई अपराध नियन्त्रण तथा अनसुन्धान, नागरिक सुरक्षा, विपद उद्दार, सामाजिक सद्भाव तथा अमन चयनका लागि समर्पित नेपाल प्रहरीको भूमिका र अपरिहार्यतालाई आम-नागरिक र नयाँ पुस्तामा स्थापित गराउने अवधारणा अनुसार उक्त कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले प्रहरी सद्‌भावना दुतहरूलाई ब्यानर प्रदान गर्नुका साथै प्रहरी कार्यालय पुन:निर्माणमा योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान समेत गर्नुभयो । साथै सामुदायिक सेवा केन्द्र महांकालको सहकार्यमा विभिन्न समाजसेवी, स्थानीय व्यवसायी तथा नागरिकको सहयोगमा प्राप्त १ थान टोयटा हाइस गाडी प्रहरी महानिरीक्षक दान बहादुर कार्की र सामुदायिक सेवा केन्द्र महांकालका अध्यक्ष विकाशभक्त श्रेष्ठले संयुक्त रूपमा प्रहरी वृत्त जनसेवालाई हस्तान्तरण गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक कार्कीले यो अभियान नेपाल प्रहरीको मात्र नभई नागरिक र प्रहरीको साझा प्रयास भएको उल्लेख गर्दै यस्ता प्रयासले मात्र सुरक्षित समाज सिर्जना गर्ने कार्यमा सफलता मिल्ने बताउनुभयो । नागरिकको सौहार्दपूर्ण बोलीवचन व्यवहारले बस्ती, टोल र गाउँहरूमा सेवारत रहनको लागि प्रहरीलाई थप प्रेरित गर्ने बताउनुभयो । विगतमा भएका कमी कमजोरीहरूलाई सुधार गर्दै नागरिक र प्रहरीको सहकार्यमा प्रभावकारी कानुन कार्यान्वयन गरी कानुनी शासन स्थापना गर्ने कार्यमा प्रहरी सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो ।       सो अवसरमा बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख तथा माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइराला, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, काठमाडौं महानगरपालिका-१७ का वडा अध्यक्ष नविन मानन्धर, वरिष्ठ कलाकार हरिवंश आचार्य, नेपाल क्रिकेट संघका सचिव पारस खड्का, संगीतकार तथा गीतकार योगेश्वर अमात्य, कर्मयोग फाउण्डेसनका अध्यक्ष सौरभ रिमाल, अभियन्ता एवम् युवा समाजसेवी गणपतिलाल श्रेष्ठ, सामुदायिक सेवा केन्द्र महांकालका अध्यक्ष विकाशभक्त श्रेष्ठ लगायतले कार्यक्रमको महत्व र प्रभावकारीताबारे आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।           जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका-२३ का वडा अध्यक्ष मचाकाजी महर्जनले समापन मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा जनचेतनामूलक प्रहरी वृत्तचित्र, नेपाल प्रहरी संगीत विद्यालयबाट ब्याण्ड डिस्प्ले, जनचेतनामूलक नाटक तथा नृत्य प्रस्तुत गर्नुका साथै कुमा सागर एण्ड द ख्वप ब्याण्डले सांगीतिक प्रस्तुती समेत गरेको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरू, काठमाडौं महानगरपालिकाका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, समाजसेवी, विभिन्न विद्यालयका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीद्वारा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन साथै पुरस्कार वितरण कार्यक्रम सम्पन्न ।
२०८२-०९-११

काठमाडौं, ११ पुसकाठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीद्वारा आज काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन साथै पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको विभिन्न शाखाहरुको निरीक्षण गर्नुका साथै ट्राफिक प्रहरीले सेवाग्राहीसँग गर्नुपर्ने बोली व्यवहारमा उच्च व्यवसायिकता प्रदर्शन गरी नागरिकमैत्री सेवा प्रदान गर्नुका साथै तालुक कार्यालयहरुबाट भएको नीति निर्देशन अक्षरंस पालना गर्न निर्देशन दिनुभयो ।    सडकमा खटिने ट्राफिक प्रहरी प्रति राज्यका हरेक निकाय तथा आम नागरिकसम्मको चासो  हुने हुदा ट्राफिक प्रहरीले गर्नुपर्ने काम कर्तव्यलाई मध्यनजर गरी जवाफदेही तवरले कार्य सम्पादन गर्न समेत निर्देशन दिनुभयो ।   ट्राफिक प्रहरीद्वारा उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार वितरण गरिएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहत ट्राफिक प्रहरी परिसर, वृत्त र प्रभाग प्रमुखहरू, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो 

६० वटा सवारी साधन (मोटरसाइकल र स्कुटर) सम्बन्धित धनीलाई हस्तान्तरण कार्यक्रम सम्पन्न ।
२०८२-०९-११

काठमाडौं, ११ पुस  काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्राङ्गडमा सवारी साधन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।   काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ६० वटा दुई पाङ्ग्रे सवारी साधनहरु (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रुपमा ३४ वटा मोटरसाइकल र २६ वटा स्कुटर स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो । यस आर्थिक बर्षमा आज बुझाइएका ६० वटा सहित १८१ वटा सवारी साधन ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ, साथै चोरीका १३ वटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न २५ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।   काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गरी सम्बन्धित धनिहरुले सवारी प्राप्त गरे पश्चात सवारी धनिहरुले उपस्थित प्रहरी कर्मचारीहरुलाई खादा माला लगाई ट्राफिक प्रहरीलाई धन्यवाद व्यक्त गर्नुका साथै केक काटी खुशी व्यक्त गर्नु भएको थियो ।