अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-०९-१४
- A
- A-
- A+
२०८२ पुस १४
काठमाडौं, टोखा नगरपालिका-९ गोंगबु
मंगल टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४५ ग्राम १ सय ८० मिलिग्राम,
डिजिटल तराजु १ थान र नगद ३५ हजार रूपैयाँ सहित सोही ठाउँ बस्ने कालिकोट
नरहरिनाथ गाउँपालिका-२ घर भएका २४ वर्षीय धन बहादुर विष्टलाई आइतबार साँझ प्रहरीले
पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त
पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।