प्रहरी कन्ट्रोल : १००
नेपा
EN

‘हाम्रो प्रहरी’ कार्यक्रम शुभारम्भ समारोह सम्पन्न

२०८२-०९-१३

  • A
  • A-
  • A+
Share

२०८२ पुस १३

 प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतित्थ्यतामा ‘हाम्रो प्रहरी’ कार्यक्रम शुभारम्भ समारोह सम्पन्न भएको छ ।

     जिल्ला प्रहरी परिसर काठमाडौंद्वारा काठमाडौं बसन्तपुरमा आइतबार आयोजित ‘हाम्रो प्रहरी’ कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले नागरिकहरूको अपार समर्थनको कारणले सुरक्षाकर्मीहरूले सफलतापूर्वक काम गरिरहेको चर्चा गर्दै समाजमा शान्ति सुव्यवस्था कायम गर्न नागरिक प्रहरीको सहकार्य अत्यन्त महत्वपूर्ण हुने बताउनुभएको छ ।  

     भदौ २३ र २४ गतेको “नव पुस्ताको आन्दोलन” पश्चातको सन्दर्भमा नेपाल प्रहरीले सञ्चालन गदै आइरहेको समदुाय-प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाई अपराध नियन्त्रण तथा अनसुन्धान, नागरिक सुरक्षा, विपद उद्दार, सामाजिक सद्भाव तथा अमन चयनका लागि समर्पित नेपाल प्रहरीको भूमिका र अपरिहार्यतालाई आम-नागरिक र नयाँ पुस्तामा स्थापित गराउने अवधारणा अनुसार उक्त कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले प्रहरी सद्‌भावना दुतहरूलाई ब्यानर प्रदान गर्नुका साथै प्रहरी कार्यालय पुन:निर्माणमा योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान समेत गर्नुभयो । साथै सामुदायिक सेवा केन्द्र महांकालको सहकार्यमा विभिन्न समाजसेवी, स्थानीय व्यवसायी तथा नागरिकको सहयोगमा प्राप्त १ थान टोयटा हाइस गाडी प्रहरी महानिरीक्षक दान बहादुर कार्की र सामुदायिक सेवा केन्द्र महांकालका अध्यक्ष विकाशभक्त श्रेष्ठले संयुक्त रूपमा प्रहरी वृत्त जनसेवालाई हस्तान्तरण गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक कार्कीले यो अभियान नेपाल प्रहरीको मात्र नभई नागरिक र प्रहरीको साझा प्रयास भएको उल्लेख गर्दै यस्ता प्रयासले मात्र सुरक्षित समाज सिर्जना गर्ने कार्यमा सफलता मिल्ने बताउनुभयो । नागरिकको सौहार्दपूर्ण बोलीवचन व्यवहारले बस्ती, टोल र गाउँहरूमा सेवारत रहनको लागि प्रहरीलाई थप प्रेरित गर्ने बताउनुभयो । विगतमा भएका कमी कमजोरीहरूलाई सुधार गर्दै नागरिक र प्रहरीको सहकार्यमा प्रभावकारी कानुन कार्यान्वयन गरी कानुनी शासन स्थापना गर्ने कार्यमा प्रहरी सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो । 

     सो अवसरमा बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख तथा माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइराला, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, काठमाडौं महानगरपालिका-१७ का वडा अध्यक्ष नविन मानन्धर, वरिष्ठ कलाकार हरिवंश आचार्य, नेपाल क्रिकेट संघका सचिव पारस खड्का, संगीतकार तथा गीतकार योगेश्वर अमात्य, कर्मयोग फाउण्डेसनका अध्यक्ष सौरभ रिमाल, अभियन्ता एवम् युवा समाजसेवी गणपतिलाल श्रेष्ठ, सामुदायिक सेवा केन्द्र महांकालका अध्यक्ष विकाशभक्त श्रेष्ठ लगायतले कार्यक्रमको महत्व र प्रभावकारीताबारे आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।  

 

      जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका-२३ का वडा अध्यक्ष मचाकाजी महर्जनले समापन मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा जनचेतनामूलक प्रहरी वृत्तचित्र, नेपाल प्रहरी संगीत विद्यालयबाट ब्याण्ड डिस्प्ले, जनचेतनामूलक नाटक तथा नृत्य प्रस्तुत गर्नुका साथै कुमा सागर एण्ड द ख्वप ब्याण्डले सांगीतिक प्रस्तुती समेत गरेको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरू, काठमाडौं महानगरपालिकाका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, समाजसेवी, विभिन्न विद्यालयका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।