अवैध लागूऔषध सहित २ जना पक्राउ
२०८२-०९-१३
- A
- A-
- A+
२०८२ पुस १३
काठमाडौं महानगरपालिका-३
तिलिङ्गेटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २६ ग्राम ४ सय ६०
मिलिग्राम र नगद १३ हजार ५ सय रूपैयाँ सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको
छ । पक्राउ पर्नेहरूमा काठमाडौं लोलाङ बस्ने धादिङ घर भएका २६ वर्षीय बिक्रम परियार
र बुढानिलकण्ठ नगरपालिका-४ ठुला गाउँ बस्ने २७ वर्षीय सगरमाथा तामाङ रहेका छन् । प्रहरी
वृत्त महाराजगंजबाट खटिएको प्रहरीले बा.प्र ०२-०३८ प ७०७२ नम्बरको स्कुटरमा सवार उनीहरूलाई
उक्त पदार्थ सहित पक्राउ गरेको हो ।