६० वटा सवारी साधन (मोटरसाइकल र स्कुटर) सम्बन्धित धनीलाई हस्तान्तरण कार्यक्रम सम्पन्न ।
२०८२-०९-११
- A
- A-
- A+
काठमाडौं, ११ पुस
काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय
प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा काठमाडौँ उपत्यका
ट्राफिक प्रहरी कार्यालयको प्राङ्गडमा सवारी साधन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको
छ ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ६० वटा
दुई पाङ्ग्रे सवारी साधनहरु (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका प्रहरी
कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक
ईश्वर कार्की र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक
नवराज अधिकारीले संयुक्त रुपमा ३४ वटा मोटरसाइकल र २६ वटा स्कुटर स्कुटर सम्बन्धित
धनीलाई हस्तान्तरण गर्नुभएको हो । यस आर्थिक बर्षमा आज बुझाइएका ६० वटा सहित १८१ वटा सवारी साधन ट्राफिक प्रहरीले
सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ, साथै चोरीका १३ वटा दुई पाङ्ग्रे सवारी साधन
सहित चोरीमा संलग्न २५ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि
विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा
प्राप्त निवेदनका आधारमा खोजी गरी सम्बन्धित धनिहरुले सवारी प्राप्त गरे पश्चात सवारी
धनिहरुले उपस्थित प्रहरी कर्मचारीहरुलाई खादा माला लगाई ट्राफिक प्रहरीलाई धन्यवाद
व्यक्त गर्नुका साथै केक काटी खुशी व्यक्त गर्नु भएको थियो ।