प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीद्वारा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन साथै पुरस्कार वितरण कार्यक्रम सम्पन्न ।

२०८२-०९-११

  • A
  • A-
  • A+
Share

काठमाडौं, ११ पुस

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीद्वारा आज काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन साथै पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको विभिन्न शाखाहरुको निरीक्षण गर्नुका साथै ट्राफिक प्रहरीले सेवाग्राहीसँग गर्नुपर्ने बोली व्यवहारमा उच्च व्यवसायिकता प्रदर्शन गरी नागरिकमैत्री सेवा प्रदान गर्नुका साथै तालुक कार्यालयहरुबाट भएको नीति निर्देशन अक्षरंस पालना गर्न निर्देशन दिनुभयो ।

   सडकमा खटिने ट्राफिक प्रहरी प्रति राज्यका हरेक निकाय तथा आम नागरिकसम्मको चासो  हुने हुदा ट्राफिक प्रहरीले गर्नुपर्ने काम कर्तव्यलाई मध्यनजर गरी जवाफदेही तवरले कार्य सम्पादन गर्न समेत निर्देशन दिनुभयो ।

  ट्राफिक प्रहरीद्वारा उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार वितरण गरिएको उक्त कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहत ट्राफिक प्रहरी परिसर, वृत्त र प्रभाग प्रमुखहरू, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार, जवानहरुको उपस्थिति रहेको थियो 

सम्बन्धित समाचार
६० वटा सवारी साधन (मोटरसाइकल र स्कुटर) सम्बन्धित धनीलाई हस्तान्तरण कार्यक्रम सम्पन्न ।
२०८२-०९-११

काठमाडौं, ११ पुस  काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्राङ्गडमा सवारी साधन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।   काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ६० वटा दुई पाङ्ग्रे सवारी साधनहरु (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले संयुक्त रुपमा ३४ वटा मोटरसाइकल र २६ वटा स्कुटर स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो । यस आर्थिक बर्षमा आज बुझाइएका ६० वटा सहित १८१ वटा सवारी साधन ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ, साथै चोरीका १३ वटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न २५ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।   काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गरी सम्बन्धित धनिहरुले सवारी प्राप्त गरे पश्चात सवारी धनिहरुले उपस्थित प्रहरी कर्मचारीहरुलाई खादा माला लगाई ट्राफिक प्रहरीलाई धन्यवाद व्यक्त गर्नुका साथै केक काटी खुशी व्यक्त गर्नु भएको थियो ।

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०९-०७

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-४ बस्ने धादिङ निलकण्ठ नगरपालिका-१३ घर भएका २४ वर्षीय सुजन आले मगरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  सुजनले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-११ पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

प्रहरी वृत्त सातदोबाटोको भवन पुनःनिर्माण समितिद्वारा निर्माण सम्पन्न गरी प्रहरी महानिरीक्षक दान बहादुर कार्की मार्फत नेपाल प्रहरीलाई हस्तान्तरण कार्यक्रम सम्पन्न ।
२०८२-०८-२८

२०८२ मंसिर २८        मिति २०८२ भाद्र २३ र २४ गतेको आन्दोलनबाट क्षति ग्रस्त भएको प्रहरी वृत्त सातदोबाटोको प्रहरी भवन पुनः निर्माण समितिद्वारा निर्माण सम्पन्न गरी प्रहरी महानिरीक्षक दान बहादुर कार्की मार्फत नेपाल प्रहरीलाई आज आइतबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।     जेनजी आन्दोलनको क्रममा आगजनीबाट क्षति भएको प्रहरी वृत्त सातदोबाटोको पुनः र्निर्मित भवनको उद्घाटन गर्नुहुर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नागरिकद्वारा बनाईएका भवनहरुमा सहयोगी नागरिकहरुको भावना जोडिने बताउनुहुदै समाजमा शान्ति सुव्यवस्था कायम राख्न नागरिक र प्रहरीको साझेदारी हुनुपर्नेमा जोड दिनुभयो ।     प्रहरी भवन पुनःनिर्माणमा सहयोग गर्नुहुने संघसंस्था साथै दाताहरूलाई सम्मान पत्र वितरण कार्यक्रम पश्चात प्रहरी भवन हस्तान्तरण समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले समारोहमा उपस्थित अधिकांश महानुभावहरूको श्रम, पसिना तथा योगदानका साथै स्थानिय जनसमुदायहरूले नेपाल प्रहरी प्रति देखाएको असिम  मायाको चिनो रुपमा नेपाल प्रहरीलाई सुम्पिएको यस पुनः र्निर्मित भवनमा व्यक्तिगत तथा संस्थागत रुपमा योगदान पुर्‍याउनु हुने सम्पुर्ण माहनुभावहरूमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्नुहुदै पुनः र्निर्मित भवनबाट  सेवा प्रदान गर्ने कार्यालयका कार्यालय प्रमुख सहित सम्पुर्ण प्रहरी कर्मचारीहरूलाई भवनको संरक्षण संवर्द्धन तथा प्रभावकारी र पारदर्शी प्रहरी सेवा प्रदान गर्नु हुन निर्देशन समेत निर्देशन दिनुभयो ।      प्रहरी वृत्त सातदोबाटो भवन पुनः निर्माण समितिका अध्यक्ष समाजसेवी तथा वरिष्ठ हास्य कलाकार किरण कुमार के.सी.ले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा (महजोडी) वरिष्ठ हास्य कलाकारद्वय  मदनकृष्ण श्रेष्ठ र हरीवंश आचार्य, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटी, रिपोर्टस क्लबका अध्यक्ष  तथा पत्रकार ऋषि धमला, प्रहरी वृत्त सातदोबाटोका पुनःर्निर्माण समितिका पदाधिकारीहरू, क्लबका प्रतिनिधिहरु, स्थानिय जनप्रतिनिधिहरु, सहयोगी संघसंस्थाहरुका महानुभावहरु, संचारकर्मीहरु, नागरिक समाजका प्रतिनिधिहरु,स्थानिय बासिन्दाहरु, प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।   

प्रहरी वृत्त बौद्धको भवन पुनःनिर्माण समितिद्वारा निर्माण सम्पन्न गरी प्रहरी महानिरीक्षक दान बहादुर कार्की मार्फत नेपाल प्रहरीलाई हस्तान्तरण कार्यक्रम सम्पन्न ।
२०८२-०८-२८

२०८२ मंसिर २८        मिति २०८२ भाद्र २३ र २४ गतेको आन्दोलनबाट क्षति ग्रस्त भएको प्रहरी वृत्त बौद्धको प्रहरी भवन पुनः निर्माण समितिद्वारा निर्माण सम्पन्न गरी प्रहरी महानिरीक्षक दान बहादुर कार्की मार्फत नेपाल प्रहरीलाई आज आइतबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।     जेनजी आन्दोलनको क्रममा आगजनीबाट क्षति भएका प्रहरी वृत्त बौद्धको पुनर्निर्मित भवनको उद्घाटन गर्नुहुर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले  प्रहरी वृत्त बौद्धको  पुनः निर्माणमा सहयोग गर्ने सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गर्दै नागरिकको नजिकको राज्यको प्रतिनिधिको रुपमा नेपाल प्रहरी भएकाले नागरिकको गुनासो सम्बोधनलाई प्राथमिकता दिन प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।प्रहरी भवन पुनः निर्माणमा सहयोग गर्नुहुने संघसंस्था साथै दाताहरूलाई सम्मान पत्र वितरण कार्यक्रम पश्चात प्रहरी भवन हस्तान्तरण समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले सुरक्षाको प्रत्याभुतिलाई महशुस गरी आन्दोलनबाट क्षति भएको प्रहरी वृत्त बौद्धको  पुनः निर्माण गरि हरेक समयमा देश र नागरिकको सेवामा अग्र पङ्क्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग पुर्‍याएकोमा प्रहरी वृत्त बौद्ध भवन पुनःनिर्माण समिति सहयोगी दाताहरूलाई  काठमाडौं उपत्यका प्रहरी कार्यालयका साथै नेपाल प्रहरीको तर्फबाट धन्यबाद व्यक्त गर्नुभयो । साथै यस प्रहरी भवनबाट सम्पादन हुने प्रहरी सेवा प्रभावकारी र पारदर्शीहुने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।      प्रहरी वृत्त बौद्ध भवन पुनः निर्माण समितिका अध्यक्ष जय मंगल लामाले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा  गोकर्णेश्वर नगरपालिका प्रमुख दिप कुमार रिसाल, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा, प्रहरी वृत्त बौद्धका पुनःर्निर्माण समितिका पदाधिकारीहरू, स्थानिय जनप्रतिनिधिहरु, सहयोगी संघसंस्थाका महानुभावहरु, संचारकर्मीहरु, नागरिक समाजका प्रतिनिधिहरु,  स्थानिय बासिन्दाहरु, प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।