अवैध लागूऔषध सहित १ जना पक्राउ
२०८२-०९-०८
- A
- A-
- A+
२०८२ पुस ८
काठमाडौं, टोखा नगरपालिका-८ बानियाटारस्थित खाजाघर संचालन गरी बस्ने रूपन्देही
तिलोत्तमा नगरपालिका-२ घर भएकी ५० वर्षीया टिका देवी पुनलाई अवैध लागूऔषध ब्राउनसुगर
जस्तो देखिने पदार्थ १ ग्राम १ सय ५० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ
गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनको खाजाघर तलासी गर्ने क्रममा
उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।