प्रहरी वृत्त सातदोबाटोको भवन पुनःनिर्माण समितिद्वारा निर्माण सम्पन्न गरी प्रहरी महानिरीक्षक दान बहादुर कार्की मार्फत नेपाल प्रहरीलाई हस्तान्तरण कार्यक्रम सम्पन्न ।
२०८२-०८-२८
- A
- A-
- A+
२०८२
मंसिर २८
मिति २०८२ भाद्र २३ र २४ गतेको
आन्दोलनबाट क्षति ग्रस्त भएको प्रहरी वृत्त सातदोबाटोको प्रहरी भवन पुनः निर्माण
समितिद्वारा निर्माण सम्पन्न गरी प्रहरी महानिरीक्षक दान बहादुर कार्की मार्फत
नेपाल प्रहरीलाई आज आइतबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।
जेनजी आन्दोलनको क्रममा आगजनीबाट क्षति भएको
प्रहरी वृत्त सातदोबाटोको पुनः र्निर्मित भवनको उद्घाटन गर्नुहुर्दै प्रहरी
महानिरीक्षक दान बहादुर कार्कीले नागरिकद्वारा बनाईएका भवनहरुमा सहयोगी नागरिकहरुको
भावना जोडिने बताउनुहुदै समाजमा शान्ति सुव्यवस्था कायम राख्न नागरिक र प्रहरीको
साझेदारी हुनुपर्नेमा जोड दिनुभयो ।
प्रहरी
भवन पुनःनिर्माणमा सहयोग गर्नुहुने संघसंस्था साथै दाताहरूलाई सम्मान पत्र वितरण
कार्यक्रम पश्चात प्रहरी भवन हस्तान्तरण समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी
अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले समारोहमा उपस्थित अधिकांश
महानुभावहरूको श्रम, पसिना तथा योगदानका साथै स्थानिय जनसमुदायहरूले नेपाल प्रहरी
प्रति देखाएको असिम मायाको चिनो रुपमा
नेपाल प्रहरीलाई सुम्पिएको यस पुनः र्निर्मित भवनमा व्यक्तिगत तथा संस्थागत रुपमा
योगदान पुर्याउनु हुने सम्पुर्ण माहनुभावहरूमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त
गर्नुहुदै पुनः र्निर्मित भवनबाट सेवा प्रदान गर्ने कार्यालयका कार्यालय प्रमुख
सहित सम्पुर्ण प्रहरी कर्मचारीहरूलाई भवनको संरक्षण संवर्द्धन तथा प्रभावकारी र पारदर्शी
प्रहरी सेवा प्रदान गर्नु हुन निर्देशन समेत निर्देशन दिनुभयो ।
प्रहरी वृत्त सातदोबाटो भवन
पुनः निर्माण समितिका अध्यक्ष समाजसेवी तथा वरिष्ठ हास्य कलाकार किरण कुमार
के.सी.ले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा (महजोडी) वरिष्ठ हास्य
कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरीवंश
आचार्य, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र
बोगटी, रिपोर्टस क्लबका अध्यक्ष तथा पत्रकार ऋषि धमला,
प्रहरी वृत्त सातदोबाटोका पुनःर्निर्माण समितिका
पदाधिकारीहरू, क्लबका प्रतिनिधिहरु, स्थानिय जनप्रतिनिधिहरु,
सहयोगी संघसंस्थाहरुका महानुभावहरु, संचारकर्मीहरु,
नागरिक समाजका प्रतिनिधिहरु,स्थानिय बासिन्दाहरु,
प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति
रहेको थियो ।