प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्रहरी वृत्त सातदोबाटोको भवन पुनःनिर्माण समितिद्वारा निर्माण सम्पन्न गरी प्रहरी महानिरीक्षक दान बहादुर कार्की मार्फत नेपाल प्रहरीलाई हस्तान्तरण कार्यक्रम सम्पन्न ।

२०८२-०८-२८

  • A
  • A-
  • A+
Share

२०८२ मंसिर २८

        मिति २०८२ भाद्र २३ र २४ गतेको आन्दोलनबाट क्षति ग्रस्त भएको प्रहरी वृत्त सातदोबाटोको प्रहरी भवन पुनः निर्माण समितिद्वारा निर्माण सम्पन्न गरी प्रहरी महानिरीक्षक दान बहादुर कार्की मार्फत नेपाल प्रहरीलाई आज आइतबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।

    जेनजी आन्दोलनको क्रममा आगजनीबाट क्षति भएको प्रहरी वृत्त सातदोबाटोको पुनः र्निर्मित भवनको उद्घाटन गर्नुहुर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नागरिकद्वारा बनाईएका भवनहरुमा सहयोगी नागरिकहरुको भावना जोडिने बताउनुहुदै समाजमा शान्ति सुव्यवस्था कायम राख्न नागरिक र प्रहरीको साझेदारी हुनुपर्नेमा जोड दिनुभयो ।

    प्रहरी भवन पुनःनिर्माणमा सहयोग गर्नुहुने संघसंस्था साथै दाताहरूलाई सम्मान पत्र वितरण कार्यक्रम पश्चात प्रहरी भवन हस्तान्तरण समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले समारोहमा उपस्थित अधिकांश महानुभावहरूको श्रम, पसिना तथा योगदानका साथै स्थानिय जनसमुदायहरूले नेपाल प्रहरी प्रति देखाएको असिम  मायाको चिनो रुपमा नेपाल प्रहरीलाई सुम्पिएको यस पुनः र्निर्मित भवनमा व्यक्तिगत तथा संस्थागत रुपमा योगदान पुर्‍याउनु हुने सम्पुर्ण माहनुभावहरूमा हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्नुहुदै पुनः र्निर्मित भवनबाट  सेवा प्रदान गर्ने कार्यालयका कार्यालय प्रमुख सहित सम्पुर्ण प्रहरी कर्मचारीहरूलाई भवनको संरक्षण संवर्द्धन तथा प्रभावकारी र पारदर्शी प्रहरी सेवा प्रदान गर्नु हुन निर्देशन समेत निर्देशन दिनुभयो ।

     प्रहरी वृत्त सातदोबाटो भवन पुनः निर्माण समितिका अध्यक्ष समाजसेवी तथा वरिष्ठ हास्य कलाकार किरण कुमार के.सी.ले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा (महजोडी) वरिष्ठ हास्य कलाकारद्वय  मदनकृष्ण श्रेष्ठ र हरीवंश आचार्य, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटी, रिपोर्टस क्लबका अध्यक्ष  तथा पत्रकार ऋषि धमला, प्रहरी वृत्त सातदोबाटोका पुनःर्निर्माण समितिका पदाधिकारीहरू, क्लबका प्रतिनिधिहरु, स्थानिय जनप्रतिनिधिहरु, सहयोगी संघसंस्थाहरुका महानुभावहरु, संचारकर्मीहरु, नागरिक समाजका प्रतिनिधिहरु,स्थानिय बासिन्दाहरु, प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

 

 

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।