जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२-०८-२१
- A
- A-
- A+
काठमाडौं, २१ मंसिर
ललितपुर, गोदावरी नगरपालिका-८ डुकुछाप बस्ने ५० वर्षीय श्याम कुमार जिसीको टहरोमा जुवातास
खेलिरहेको अवस्थामा श्याम कुमार समेत ७ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ
।
प्रहरी प्रभाग बुंगमती र प्रहरी प्रभाग फर्सीडोलबाट खटिएको प्रहरीले
उनीहरूलाई नगद १ लाख २२ हजार ८ सय १० रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।