प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीको बिदाई कार्यक्रम सम्पन्न ।
२०८२-०८-१९
- A
- A-
- A+
आज मिति २०८२/०८/१९ गते, काठमाडौं उपत्यका
प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद
अधिकारीको उपस्थितिमा सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी नायव निरीक्षक टेकेन्द्र
गिरीको बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रहरी संगठनमा प्रहरी जवान पदमा मिति
२०५२।०८।१८ गते सेवा प्रवेश गरी सेवा अवधिको आधारमा मिति २०८२।०८।१८ गते अनिवार्य अवकास
हुनु भएका प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीलाई यस कार्यालयको तर्फबाट प्रहरी
नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले खादा तथा “मायाको चिनो” प्रदान गर्नुभएको
थियो ।
बिदाई समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी
नायव महानिरीक्षक अधिकारीले आम नागरीकलाई न्याय र सुरक्षाको प्रत्याभूती दिन आफ्नो
जीवनको उर्जाशिल समय नेपाल प्रहरी संगठनले सुम्पेको,
जिम्मेवारी व्यवसायिक रूपमा
निर्वाह गर्नु भएकोमा प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीलाई धन्यबाद व्यक्त
गर्दै अवकाश पश्चातको पारिवारिक तथा सामाजिक सुखमय जीवनका लागी समेत शुभकामना
व्यक्त गर्नुभयो ।
प्रहरी नायव निरीक्षक टेकेन्द्र गिरीले
प्रहरी सेवामा रहदा प्राप्त गरेका अनुभव,अवसर र चुनौतीको सम्बन्धमा मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी
वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा. लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति
रहेको थियो ।