अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३ जना पक्राउ
२०८२-०८-१७
- A
- A-
- A+
काठमाडौं, १७ मंसिर
काठमाडौं
महानगरपालिका-३
तिलिङ्गेटार चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ सय ५०
मिलिग्राम सहित काठमाडौं तारकेश्वर बस्ने नवलपरासी घर भएका ३३ वर्षीय सुरज
क्षेत्रीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट
खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय
विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ४ किलो
२ सय ६५ ग्राम सहित २ जना भारतीय नागरिकहरू मंगलबार दिउँसो पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा २३ वर्षीय FAHIM FARUKBHAI PANAVADHU र २९ वर्षीय MOHAMMED
RIZWAN MOHAMMED SHAIKH रहेका छन् । थाई एयरलाइन्सको उडानद्वारा
बैंककबाट काठमाडौं आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा
कार्यालय र भन्सार कार्यालयबाट खटिएको टोलीले जाँच गर्दा उनीहरूको लगेजबाट उक्त
लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।