काठमाडौं महानगरपालिका-११ सुन्धाराबाट पेस्तोल सहित तीन जना पक्राउ
२०८२-०८-१६
- A
- A-
- A+
काठमाडौं, १६ मंसिर
काठमाडौं महानगरपालिका-११ सुन्धाराबाट पेस्तोल १ थान
सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा
काठमाडौं महानगरपालिका-११ सुन्धारा बस्ने दार्चुला दुहुँ गाउँपालिका-४ घर भएका १९
वर्षीय डेबिड भन्ने रामचन्द्र कुँवर, काठमाडौं
महानगरपालिका-१८ भुरूङखेल बस्ने सोही महानगरपालिका-१४ कलंकी घर भएका २८ वर्षीय
रसिल जोशी र काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ३१ वर्षीय विराट प्रसाद जोशी
रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले
उनीहरूलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । साथै पक्राउ मध्ये रसिल उपर प्रहरी
वृत्त स्वयम्भूबाट लागूऔषध मुद्दा दर्ता भई गत भदौ २४ गते हिरासतबाट भागी फरार भएको
समेत अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूलाई
आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।