अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २ जना पक्राउ
२०८२-०८-१५
- A
- A-
- A+
काठमाडौं, १५ मंसिर
काठमाडौं महानगरपालिका-१४
कलंकीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब
७ ग्राम ४ सय १० मिलिग्राम,
डिजिटल तराजु १ थान र नगद ५६ हजार ६ सय रूपैयाँ
सहित सिन्धुली मरिण गाउँपालिका-७ घर भएका २६ वर्षीय युवराज लाखेलाई आइतबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटी समेतबाट खटिएको
प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-४
भसन्थलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १२
ग्राम ७ सय ६० मिलिग्राम सहित सोही नगरपालिका-४ पासीकोट बस्ने मोरङ बेलबारी
नगरपालिका-११ घर भएका २४ वर्षीय दिपेश घतानीलाई आइतबार साँझ प्रहरीले
पक्राउ गरेको छ । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई
उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको लु.प्र
०३-००१ प ०९६३ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।