कतार पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-०८-०१
- A
- A-
- A+
काठमाडौं, १ मंसिर
वैदेशिक
रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको
अभियोगमा काठमाडौं महानगरपालिका-३ बस्ने महोत्तरी सम्सी गाउँपालिका-५ घर भएका ४४
वर्षीय आनन्द कुमार साहलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
आनन्द कुमारले कतार पठाइदिन्छु भन्दै १
जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कबिहिन भएको भन्ने पीडितको उजुरीको आधारमा
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई
काठमाडौं महानगरपालिका-७ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको
लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।