प्रहरी कन्ट्रोल : १००
नेपा
EN

नव नियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट विदाई कार्यक्रम सम्पन्न ।

२०८२-०७-२६

  • A
  • A-
  • A+
Share

काठमाडौं, २६ कार्तिक

मिति २०८२/०७/२४ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार, २०८२/०७/२७ गतेबाट लागु हुने गरी यस उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीलाई ३३ औं प्रहरी महानिरीक्षकका रुपमा नियुक्त गरेकोमा यस कार्यालय तथा मातहतका कर्मचारीहरुद्वारा विदाई कार्यक्रम सम्पन्न भएको छ ।

 कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नव नियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले काठमाडौं उपत्यका प्रहरी कार्यालयको कार्यालय प्रमुखको रुपमा कार्यरत रहदा राष्ट्र र नागरिकको सेवाको खातिर नेपाल प्रहरी संगठनले सुम्पेको जिम्मेवारी व्यावसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग र सहकार्य गर्ने आफू मातहतका सम्पूर्ण प्रहरी कर्मचारीहरू प्रति धन्यवाद व्यक्त गर्दै काठमाडौं उपत्यकामा कार्यरत प्रहरी कर्मचारीहरुमा विषेश कार्य कुशलताका साथै बोलि व्यवहारमा विनम्रता तथा कानून कार्यान्वयनमा कठोरता हुनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै प्रहरी नायब महानिरीक्षक ओम प्रसाद अधिकारीले नव नियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले यस कार्यालयको कार्यालय प्रमुखको रुपमा कार्यरत रहदा देशको विषम् परिस्थितिमा समेत मातहत प्रहरी कर्मचारीहरुलाई प्रहरी कार्य सम्पादनमा उच्च मनोबल प्रदान गर्नु भएको स्मरण गर्दै आगामी दिनहरुमा समेत संगठनको श्रीवृद्धि र प्रहरी सेवालाई अझै प्रभावकारी तथा नागरिक मैत्री बनाउनमा संगठन प्रमुखका रुपमा निर्देशन निरन्तर प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा प्रहरी नायब महानिरीक्षक अधिकारी तथा मातहत कार्यालयका कार्यालय प्रमुखहरुले समेत नव नियुक्त प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई खादा, माला  तथा मायाको चिनो प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहतका प्रहरी वरिष्‍ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु, प्रहरी नायब उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी अधिकृतहरु, लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
बिल बिनाको सामान बरामद
२०८२-०९-१७

मिति २०८२।०९।१६ गते बिहान ०६:१५ बजेको समयमा काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नं. ४ स्थित बाफल चोकबाट धनगढी देखी काठमाडौं आएको ना ८ ख ८४९५ नम्बरको बसलाई चेकजाँच गर्दा डिक्की भित्रबाट २८ कार्टुन मोबाईको पार्टस सामान ( बिल बिनाको) सहित गाडी र गाडीका ४ जना स्टाफलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी बृत स्वयम्भुमा राखि प्रहरीले अन्य आवश्यक छानबिन गरिरहेको छ । बरामद सामानहरू  -          २७ बोरामा १५०० पिस टेम्पड ग्लास, जम्मा ४०,५०० पिस, १ पिसको अन्दाजी मुल्य रु ३५ को दरले रु.१४,१७,५०० अक्षरुपी चौध लाख सत्र हजार पाँच सय  र -          १ बोरामा १०० पिस air pods, १ पिसको अन्दाजी मुल्य रु.८०० को दरले रु.८०,०००।– अक्षरुपी असी हजार गरी जम्मा अन्दाजी मुल्य रु.१४,९७,५०० अक्षरुपी चौध लाख सन्तानब्बे हजार पाँच सय  ।

७ जना प्रहरी कर्मचारीहरु पुरस्कृत
२०८२-०९-१४

२०८२ पुस १४  मिति २०८२।०८।२४ गते जिल्ला सिन्धुली गोलञ्जोर गा.पा. वडा नं.०५ ताप्केडाँडा स्थायी घर भएको वर्ष २५ को सुनिल भन्ने केशवराज हायुलाई कर्तव्य गरी जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.०८ शेराफाँट लुभु स्थित घरको तरकारी बारीमा रहेको पानीको ईनारमा फालेको र मिति २०८२।०८।२५ गते पारुहाङ राईलाई कर्तव्य गरी भक्तपुरको देउराली भञ्याङको झाडी भित्र फालेको घटनाको अनुसन्धानको क्रममा सुक्ष्म रुपमा अनुसन्धान गरी उक्त घटनामा संलग्न व्यक्तिहरुलाई मिति २०८२।०९।०४ गते  र मिति २०८२।०९।०६ गते पक्राउ गर्न सफल भएकोले प्रहरी कर्मचारीहरुको मनोबल उच्च राख्न तथा हौसला अभिबृद्धी गर्न यस्ता उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई तत्कालै पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीलाई समेत सकरात्मक प्रभाव पर्ने हुदा काठमाडौं उपत्यका प्रहरी कार्यालयले प्रहरी नायव उपरिक्षक २ जना तथा प्रहरी निरीक्षक १ जनालाई र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी नायव निरीक्षक २ जना, प्रहरी सहायक निरीक्षक १ जना र प्रहरी हबल्दार १ जना गरी कुल ७ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । 

CF 98 पेस्तोल थान २ सहित ३ जना नियन्त्रणमा
२०८२-०९-१४

२०८२ पुस १४      मिति २०८२/०९/१० गते हतियार  लुकाई छिपाई राखिएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलिले ३ जनालाई नियन्त्रणमा लिएको छ ।  पक्राउ पर्नेमा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १५ डल्लु बस्ने वर्ष ३२ को झिल्के भन्ने विकाश शाही, जिल्ला मोरङ, लेटाङ नगरपालिका ४ गर भएको वर्ष २२ को शाहिल तिवारी र जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका १३ बाफल बस्ने वर्ष ३३ को जस्वन राई भन्ने अश्विन राई रहेका छन । उनिहरुको साथबाट CF 98 पेस्तोल थान- २  , सो पेस्तोलमा लाग्ने म्यागजिन थान -३  र गोलि थान – २ सहित गोलिको खोका थान- २ बरामद भएको छ ।     यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक छानबिन गरिरहेको छ ।

‘हाम्रो प्रहरी’ कार्यक्रम शुभारम्भ समारोह सम्पन्न
२०८२-०९-१३

२०८२ पुस १३ प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतित्थ्यतामा ‘हाम्रो प्रहरी’ कार्यक्रम शुभारम्भ समारोह सम्पन्न भएको छ ।     जिल्ला प्रहरी परिसर काठमाडौंद्वारा काठमाडौं बसन्तपुरमा आइतबार आयोजित ‘हाम्रो प्रहरी’ कार्यक्रम शुभारम्भ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले नागरिकहरूको अपार समर्थनको कारणले सुरक्षाकर्मीहरूले सफलतापूर्वक काम गरिरहेको चर्चा गर्दै समाजमा शान्ति सुव्यवस्था कायम गर्न नागरिक प्रहरीको सहकार्य अत्यन्त महत्वपूर्ण हुने बताउनुभएको छ ।       भदौ २३ र २४ गतेको “नव पुस्ताको आन्दोलन” पश्चातको सन्दर्भमा नेपाल प्रहरीले सञ्चालन गदै आइरहेको समदुाय-प्रहरी साझेदारी कार्यक्रमलाई थप प्रभावकारी बनाई अपराध नियन्त्रण तथा अनसुन्धान, नागरिक सुरक्षा, विपद उद्दार, सामाजिक सद्भाव तथा अमन चयनका लागि समर्पित नेपाल प्रहरीको भूमिका र अपरिहार्यतालाई आम-नागरिक र नयाँ पुस्तामा स्थापित गराउने अवधारणा अनुसार उक्त कार्यक्रम आयोजना गरिएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले प्रहरी सद्‌भावना दुतहरूलाई ब्यानर प्रदान गर्नुका साथै प्रहरी कार्यालय पुन:निर्माणमा योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान समेत गर्नुभयो । साथै सामुदायिक सेवा केन्द्र महांकालको सहकार्यमा विभिन्न समाजसेवी, स्थानीय व्यवसायी तथा नागरिकको सहयोगमा प्राप्त १ थान टोयटा हाइस गाडी प्रहरी महानिरीक्षक दान बहादुर कार्की र सामुदायिक सेवा केन्द्र महांकालका अध्यक्ष विकाशभक्त श्रेष्ठले संयुक्त रूपमा प्रहरी वृत्त जनसेवालाई हस्तान्तरण गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक कार्कीले यो अभियान नेपाल प्रहरीको मात्र नभई नागरिक र प्रहरीको साझा प्रयास भएको उल्लेख गर्दै यस्ता प्रयासले मात्र सुरक्षित समाज सिर्जना गर्ने कार्यमा सफलता मिल्ने बताउनुभयो । नागरिकको सौहार्दपूर्ण बोलीवचन व्यवहारले बस्ती, टोल र गाउँहरूमा सेवारत रहनको लागि प्रहरीलाई थप प्रेरित गर्ने बताउनुभयो । विगतमा भएका कमी कमजोरीहरूलाई सुधार गर्दै नागरिक र प्रहरीको सहकार्यमा प्रभावकारी कानुन कार्यान्वयन गरी कानुनी शासन स्थापना गर्ने कार्यमा प्रहरी सदैव क्रियाशील रहेको उहाँले बताउनुभयो ।       सो अवसरमा बागमती प्रदेशका पूर्व प्रदेश प्रमुख तथा माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइराला, काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, काठमाडौं महानगरपालिका-१७ का वडा अध्यक्ष नविन मानन्धर, वरिष्ठ कलाकार हरिवंश आचार्य, नेपाल क्रिकेट संघका सचिव पारस खड्का, संगीतकार तथा गीतकार योगेश्वर अमात्य, कर्मयोग फाउण्डेसनका अध्यक्ष सौरभ रिमाल, अभियन्ता एवम् युवा समाजसेवी गणपतिलाल श्रेष्ठ, सामुदायिक सेवा केन्द्र महांकालका अध्यक्ष विकाशभक्त श्रेष्ठ लगायतले कार्यक्रमको महत्व र प्रभावकारीताबारे आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।           जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा काठमाडौं महानगरपालिका-२३ का वडा अध्यक्ष मचाकाजी महर्जनले समापन मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा जनचेतनामूलक प्रहरी वृत्तचित्र, नेपाल प्रहरी संगीत विद्यालयबाट ब्याण्ड डिस्प्ले, जनचेतनामूलक नाटक तथा नृत्य प्रस्तुत गर्नुका साथै कुमा सागर एण्ड द ख्वप ब्याण्डले सांगीतिक प्रस्तुती समेत गरेको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरू, काठमाडौं महानगरपालिकाका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, समाजसेवी, विभिन्न विद्यालयका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।