प्रहरी कन्ट्रोल : १००
नेपा
EN

प्रहरी प्रभाग बुंगमति (भैंसेपाटी) भवन पुनः निर्माण समितिद्वारा निर्माण सम्पन्न गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की मार्फत नेपाल प्रहरीलाई हस्तान्तरण कार्यक्रम सम्पन्न ।

२०८२-०७-११

  • A
  • A-
  • A+
Share

२०८२ कार्तिक ११

        मिति २०८२ भाद्र २३ र २४ गतेको आन्दोलनबाट क्षति ग्रस्त भएको प्रहरी प्रभाग बुंगमति (भैंसेपाटी), ललितपुरको प्रहरी भवन पुनः निर्माण समितिद्वारा निर्माण सम्पन्न गरी काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की मार्फत नेपाल प्रहरीलाई आज मंगलबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।

      प्रहरी भवन पुनः निर्माणमा सहयोग गर्नुहुने संघसंस्था साथै दाताहरूलाई सम्मान पत्र वितरण कार्यक्रम पश्चात प्रहरी भवन हस्तान्तरण समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले सुरक्षाको प्रत्याभुतिलाई महशुस गरी आन्दोलनबाट पूर्ण रूपमा क्षति भएको प्रहरी प्रभाग बुंगमति (भैंसेपाटी) पुनः निर्माण गरि हरेक समयमा देश र नागरिकको सेवामा अग्र पङ्क्तिमा खटिने नेपाल प्रहरीलाई सहयोग पुर्‍याएकोमा प्रहरी प्रभाग बुंगमति (भैंसेपाटी) भवन पुनः निर्माण समितिलाई  काठमाडौं उपत्यका प्रहरी कार्यालयका साथै नेपाल प्रहरीको तर्फबाट धन्यबाद व्यक्त गर्नुभयो । साथै नागरिकको अपेक्षा अनुरुप स्वच्छ, व्यावसायिक र पारदर्शी आचरण व्यवहार प्रस्तुत गर्दै  मिठो बोली वचन प्रयोग गरी  नागरिक मैत्री प्रहरी सेवा प्रदान गरी सभ्य र शान्तिपूर्ण समाज निर्माण गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु हुदै शान्तिपूर्ण समाज निर्माणमा प्रहरी र नागरिक समाजको ऐक्यबद्धता अत्यावश्यक भएकाले समाज विरुद्धका गतिविधिलाई निरुत्साहित गर्न सम्पूर्ण नागरिक र नेपाल प्रहरीको सामूहिक संकल्पको अपिल समेत गर्नु भयो ।

  प्रहरी प्रभाग बुंगमति (भैंसेपाटी) भवन पुनः निर्माण समितिका संयोजक सुमन महतले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा  जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटी, प्रहरी प्रभाग बुंगमति (भैंसेपाटी) पुनःर्निर्माण समितिका पदाधिकारीहरू, स्थानिय जनप्रतिनिधिहरु, सहयोगी संघसंस्थाका महानुभावहरु, संचारकर्मीहरु, नागरिक समाजका प्रतिनिधिहरु, प्रगती युवा क्लबका प्रतिनिधिहरु, स्थानिय बासिन्दाहरु, प्रहरी अधिकृत तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।