पुनर्निर्मित प्रहरी वृत्त जगाती भवन निर्माण समितिद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की मार्फत नेपाल प्रहरीलाई हस्तान्तरण कार्यक्रम सम्पन्न ।
२०८२-०७-०३
- A
- A-
- A+

मिति
२०८२ भाद्र २३ र २४ गतेको आन्दोलनबाट पूर्ण रूपमा क्षती भएको प्रहरी वृत्त जगाती, भक्तपुरको प्रहरी भवन पुनर्निर्माण सम्पन्न गरी काठमाडौं उपत्यका प्रहरी
कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्की मार्फत
पुनर्निर्मित प्रहरी वृत्त जगाती भवन निर्माण समितिद्वारा नेपाल प्रहरीलाई सोमवार
एक कार्यक्रमबिच हस्तान्तरण गरिएको छ ।
प्रहरी
भवन पुनर्निर्माणमा सहयोग गर्नुहुने दाताहरूलाई दोसल्ला सहित सम्मान-पत्र वितरण
कार्यक्रम पश्चात् प्रहरी भवन हस्तान्तरण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रहरी
अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले नागरिक एवम् समुदायबाट प्रहरीलाई भएका
सहयोग र सहकार्यका लागि सबैलाई धन्यवाद दिनुहुँदै समाज र नागरिकको अपेक्षा अनुरुप
स्वच्छ,
व्यवसायिक र पारदर्शी आचरण व्यवहार प्रस्तुत गर्दै मीठो बोलीवचन प्रयोग गरी नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न उपस्थित
प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । साथै नागरिकलाई पेशा, व्यवसाय सञ्चालनका लागि भयरहित वातावरण सिर्जना गरी सङ्गठनको श्रीवृद्धिका
खातिर निरन्तर लाग्दै जनमुखी प्रहरी सेवा
प्रवाह गर्न समेत निर्देशन दिनुभयो ।
कार्यक्रममा
भक्तपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी परिसर
भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक, नेपाली सेना, सशस्त्र प्रहरी नेपाल, पुनर्निर्माण प्रहरी वृत्त
जगाती भवन निर्माण समितिका पदाधिकारी, जनप्रतिनिधि, सहयोगदाता, संचारकर्मी, नागरिक
समाज, स्थानीय बासिन्दा, प्रहरी अधिकृत
तथा अन्य दर्जाका प्रहरीहरुको समेत उपस्थिती रहेको थियो ।