प्रहरी उपरीक्षक रविन कार्कीको बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न ।
२०८२-०७-०२
- A
- A-
- A+

आज मिति २०८२/०७/०२ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका
कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीको उपस्थितिमा प्रहरी
उपरीक्षक रविन कार्कीको बिदाई तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ ।
तालुक
नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा नक्सालको मिति २०८२।०६।३० गतेको
पत्रले जिल्ला प्रहरी कार्यालय रौतहट काज सरुवा भई नयाँ कार्यक्षेत्र तर्फ
प्रस्थान गर्न लाग्नु भएका प्रहरी उपरीक्षक रविन कार्कीलाई यस कार्यालयको तर्फबाट
प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीले खादा तथा मायाको चिनो प्रदान
गर्नुभएको थियो ।
बिदाई तथा फेरि भेटौला समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त
महानिरीक्षक कार्कीले प्रहरी उपरीक्षक रविन कार्कीले यस कार्यालयमा कार्यरत रहँदा
प्रदान गरिएका कार्य कुशलतापूर्वक निर्वाह गर्नु भएकोमा धन्यवाद व्यक्त गर्दै नयाँ
कार्यक्षेत्रको लागि उहाँलाई हार्दिक शुभकामना प्रदान गर्नु भयो । साथै छिमेकी
देशसँग खुला सिमाना भएका जिल्लाहरुमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतिलाई सामना
गर्न तत्पर भई विशेष सुरक्षा योजना बनाई सङ्गठनको श्रीबृद्धिका खातिर निरन्तर
लाग्दै व्यावसायिक तथा जनमुखी प्रहरी सेवा प्रवाह गर्न निर्देशन
समेत दिनु भयो ।
प्रहरी
उपरीक्षक रविन कार्कीले यस कार्यालयमा कार्यरत रहँदा प्राप्त गरेका अनुभव,अवसर र चुनौतीको सम्बन्धमा मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा
प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनाल,प्रहरी
वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा., प्रहरी
वरिष्ठ उपरीक्षक प्रविण धिताल, सिनियर प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी
कर्मचारीहरूको उपस्थिति रहेको थियो ।