प्रहरी कन्ट्रोल : १००
नेपा
EN

आन्दोलनका क्रममा क्षति भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयको कार्यालय सञ्चालनका लागी कम्प्युटर, प्रिन्टर तथा युपिएस हस्तान्तरण कार्यक्रम सम्पन्न ।

२०८२-०६-२९

  • A
  • A-
  • A+
Share

काठमाडौं, २९ असोज

  काठमाडौं उपत्यका प्रहरी कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीलाई नेपाल प्रहरी श्रीमती संघद्वारा सञ्चालित आसरा सुधार केन्द्रको २९औ वार्षिकोत्सवको अवसरमा कार्यालय सञ्चालनका लागी कम्प्युटर, प्रिन्टर  तथा युपिएस हस्तान्तरण गरिएको छ ।

मिति २०८२/०५/२३ र २४ गते उपत्यकाका विभिन्न ठाँउहरूमा आन्दोलन तथा प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीमा परेका नेपाल प्रहरीका विभिन्न कार्यालयहरूमा पुगेको क्षतिलाई मध्यनजर गर्दै नेपाल प्रहरी श्रीमती संघको तर्फबाट काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई उक्त सामग्रीहरु हस्तान्तरण गरिएको हो । प्राप्त सामग्रीहरुमा कम्प्युटर – ५ थान, प्रिन्टर – ५ थान सहित युपिएस रहेका छन ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले नेपाल प्रहरी श्रीमती संघले विगतको समयमा पनि विभिन्न प्राकृतिक विपत्तिबाट पीडित परिवार तथा समुदाय लगायत पिछडिएको क्षेत्रमा आवश्यक सहयोग गरेको स्मरण गर्दै आसरा सुधार केन्द्रको २९औ वार्षिकोत्सवको शुभकामना व्यक्त गर्नु भयो । साथै नेपाल प्रहरी हरेक विषम् परिस्थितिमा अग्र पङ्क्तिमा खटिने राज्यको अंगको रुपमा रहेकाले, समाजमा प्रहरीको आवश्यकतालाई बोध गरी यस विषम् परिस्थितिमा सहयोग गरेकोमा काठमाडौं उपत्यका प्रहरी कार्यालयको तर्फबाट नेपाल प्रहरी श्रीमती संघलाई धन्यबाद व्यक्त गर्नु भयो  ।

  मन्तव्यको क्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष भावना श्रेष्ठ खापुङ्ले नेपाल प्रहरी परिवारको एकताको रुपमा रहेको  नेपाल प्रहरी श्रीमती संघको तर्फबाट हरेक समयमा देश र नागरिकको सेवामा खटिने नेपाल प्रहरीलाई सहयोग प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा समेत नेपाल प्रहरीलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका महासचिव नबिना कार्की, नेपाल प्रहरी श्रीमती संघ तथा आसरा सुधार केन्द्रका पदाधिकारीहरु, प्रहरी वरिष्ठ अधिकृतहरू,लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
उत्कृष्ट कार्य गर्ने प्रहरीहरु पुरस्कृत
२०८२-१२-२७

मिति २०८२।१२।२५ गते १९:४० बजे ललितपुर कृष्ण मन्दिरमा घटेको सिर्जन नेवाङ्ग र सुमित नेवाङ्गको हत्या गरी हतियारसहित भाग्दै गरेको अभियुक्तहरूलाई एक्लै लखेटी लखेटी नियन्त्रणमा लिन सफल प्रहरी प्रभाग मंगलबजारमा कार्यरत  प्रहरी जवान शाहाना बोहराले अत्यन्त साहसिक काम गरेकाले र समग्ररूपमा नेतृत्वदायी भूमिकाको उच्च प्रशंसास्वरूप जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक होबिन्द्र बोगटीलाई नगद  पुरस्कारद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतित्थ्यतामा आज पुरस्कृत गरिएको छ ।  

साढे ४ करोड मूल्य बराबरको भन्सारछलीको सामान बोकेका गाडीहरु नियन्त्रणमा
२०८२-१२-२३

बिना बिल विजक तथा विजक भन्दा बढि  मूल्य साथै बिल विजक समेत नभएका भन्सार छली गरिएका सामानहरु विरगंज-हटौँडा हुदै काठमाडौं उपत्यकामा भित्रिदै रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, ललितपुर तथा मातहतबाट खटिएको प्रहरी टोलिले चेकप्वाईन्ट खडा गरी चेक जाँच गर्दा विरगंज-हटौँडाबाट ललितपुरको बाटो हुदै आउदै गरेको ट्रकहरु  चेकजाँचको क्रममा उक्त ट्रकहरुमा बिल नभएका, बिल फरक भएका तथा भन्सार समेतको कागजात नभएका अन्दाजी मूल्य ४ करोड ५८ लाख ८२ हजार ३६३ रुपैया बराबरको सामान तथा तीनवटा डिब्बावाला ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक पठाईएको ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न ।
२०८२-१२-१९

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीज्यूद्वारा काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ ।निरिक्षणका क्रममा प्रहरी नायव महानिरीक्षक अधिकारीले काठमाडौं उपत्यका  विशेष सुरक्षा प्रहरी गणका विभिन्न शाखाहरुको निरीक्षण, भिड नियन्त्रण सम्बन्धी अभ्यास ( डेमो ) को अवलोकनका साथै उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको थियो ।

यातायात कार्यालयमा बिचौलियाको काम गर्ने पक्राउ
२०८२-१२-१७

    काठमाडौंका विभिन्न यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको काममा सहजिकरण गरिदिने भन्दै सार्वजनिक सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने ३३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलिया मार्फत सेवा दिलाइदिने भन्दै सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिने गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी वृत्त स्वयम्भूले सानोभर्‍याङ स्थित यातायात कार्यालयबाट ८ जनालाई पक्राउ गरेको हो ।   त्यसैगरी, प्रहरी वृत्त थानकोटले गुर्जुधारा स्थित यातायात कार्यालयबाट ८ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै जिल्ला प्रहरी परिसर भक्तपुरले यातायात व्यवस्था कार्यालय राधे राधेबाट २ जना बिचौलियालाई पक्राउ गरेको छ । हिजो मात्रै जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त सातदोबाटोबाट संयुक्त रुपमा  खटिएको प्रहरी टोलीले ललितपुर महानगरपालिका १३ एकान्तकुनाबाट १५ जना बिचौलियाहरुलाई स्वीप अप्रेसनद्वारा नियन्त्रणमा लिएको थियो ।