हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०६-२४
- A
- A-
- A+
काठमाडौं, २४ असोज
टोखा नगरपालिका-२ चण्डेश्वरी बस्ने पाँचथर
घर भएका ४० वर्षीय राम लिम्बुको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने उदयपुर घर भएका
२७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई बिहीबार
राति प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले बादविवादको क्रममा फलामको रड
प्रहार गर्दा राम गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग
बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । रड प्रहारबाट गम्भीर
घाइते भएका रामको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।