प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीद्वारा टिका र जमरा प्रदान ।
२०८२-०६-१७
- A
- A-
- A+

काठमाडौं उपत्यका
प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीद्वारा विजया दशमी २०८२ को
अवसरमा शुक्रबार प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी तथा प्रहरी परिवारलाई
टिका र जमरा लगाइदिनु भएको छ ।
टिका र जमरा ग्रहणका
लागि प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना, प्रहरी नायव महानिरीक्षक सुरेन्द्र
बहादुर गुरुङ लगायत वरिष्ठ प्रहरी
अधिकृतहरू, पूर्व प्रहरी कर्मचारीहरू,
प्रहरी अधिकृत तथा जवानहरू
एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिति रहेको थियो ।