प्रहरी कन्ट्रोल : १००
नेपा
EN

सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको विदाइ

२०८२-०५-१८

  • A
  • A-
  • A+
Share

काठमाडौं, १८ भदौ

३० वर्ष सेवा अवधि पूरा गरी  मिति २०८२ साल भदौ १९ गते देखि सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई आज काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित विशेष समारोह बीच विदाइ गरिएको छ ।

विदाइ समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले राष्ट्र र नागरिकको सेवाको खातिर नेपाल प्रहरी संगठनले सुम्पेको जिम्मेवारी व्यावसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग र सहकार्य गर्ने आफू मातहतका सम्पूर्ण प्रहरी कर्मचारीहरू प्रति धन्यवाद साथै कृतज्ञता व्यक्त गर्नुभयो । सेवा अवधिभर आम नागरिकलाई न्याय र सुरक्षाको अनुभूति दिन र संगठनको हक हितका लागि केन्द्रित भई काम गरेको उल्लेख गर्दै आफ्नो व्यावसायिक जीवनका दौरान हरेक समयको सही सदुपयोग गरेको साथै मातहत प्रहरी कर्मचारीहरुलाई समेत समयको हरेक पलको महत्वलाई बुझी त्यसको सही सदुपयोगको लागि निर्देशन समेत दिनु भयो । प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले आगामी दिनहरुमा समेत संगठनको श्रीवृद्धिका लागि रचनात्मक सहयोग गर्न आफू तयार रहेको र हरेक सेवा निवृत्त प्रहरी कर्मचारीले समेत नेपाल प्रहरी संगठनलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै प्रहरी नायब महानिरीक्षक ओम बहादुर रानाले सेवानिवृत्त हुन लाग्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ सेवा अवधि भर कुशल प्रशासक तथा सक्षम नेतृत्वकर्ता भएको जिकिर गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखको रुपमा जिम्मेवारी वहन गर्दा प्राप्त उपलब्धिका सम्बन्धमा जानकारी दिनु भयो साथै आगामी दिनहरुमा समेत संगठनको श्रीवृद्धि र प्रहरी सेवालाई अझै प्रभावकारी तथा नागरिक मैत्री बनाउनका लागि पछि सम्म पनि उहाँबाट सल्लाह, सुझाव र निर्देशन निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा प्रहरी नायब महानिरीक्षक राना तथा मातहत कार्यालयका कार्यालय प्रमुखहरुले समेत सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई खादा, माला  तथा मायाको चिनो प्रदान गर्नुभएको थियो ।

विदाइ समारोह अगाडी प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले यस कार्यालयको कार्यालय भवनमा नव- निर्मित सभाहल, पुस्तकालय साथै सङ्ग्रहालयको रिवन काटी उद्धाटन समेत गर्नु भएको थियो । कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहतका प्रहरी वरिष्‍ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु, प्रहरी नायब उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी अधिकृतहरु, लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
पेस्तोल सहित १ जना पक्राउ
२०८२-११-०१

प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले पेस्तोल सहित नागढुङ्गा चेक प्वाईन्टबाट आज १ जनालाई नियन्त्रणमा लिएको छ ।      चितवन देखी काठमाण्डौ तर्फ आउदै गरेको बा १९ च ६९० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा हतियार फेला पारी नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काठमाण्डौ किर्तिपुर नगरपालिका वडा नं.२ बस्ने ३० बर्षिय केयुर पुरी रहेका छन ।     पुरीको झोलाबाट Made in USA  लेखिएको पेस्तोल र उक्त पेस्तोलमा प्रयोग हुने ४ (चार ) राउण्ड गोली फेला पारेको र घटनाको समबन्धमा आवस्यक अनुसन्धान भै रहेको छ । 

हंगेरी पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-११-०१

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी हंगेरी पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका-८ बस्ने दोलखा कालिन्चोक गाउँपालिका-४ घर भएका ५६ वर्षीय महेश तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।         महेशले हंगेरी पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।          उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

प्राविधिक प्रहरी उपरीक्षक पशुपती कुमार राय र प्राविधिक प्रहरी नायव उपरीक्षक सुरेस कुमार थापाको बिदाई कार्यक्रम सम्पन्न ।
२०८२-१०-२९

 आज मिति २०८२/१०/२९ गते, काठमाडौं उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले  सेवानिवृत्त हुन लाग्नु भएका प्राविधिक प्रहरी उपरीक्षक पशुपती कुमार राय र प्राविधिक प्रहरी नायव उपरीक्षक सुरेस कुमार थापालाई यस कार्यालयको तर्फबाट “खादा तथा मायाको चिनो” प्रदान गरि बिदाई गर्नु भएको छ ।                       बिदाई समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले प्राविधिक प्रहरी उपरीक्षक पशुपती कुमार राय र  प्राविधिक प्रहरी नायव उपरीक्षक सुरेस कुमार थापाले आम नागरीकलाई न्याय र सुरक्षाको प्रत्याभूती प्रदान गर्न संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा निर्वाह गर्नु भएको भुमिका नेपाल प्रहरी संगठनले सधै स्मरण गर्ने बताउनु हुदै नेपाल प्रहरी तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय र आफ्नो व्यक्तिगत तर्फबाट प्रहरी अधिकृतद्वयलाई धन्यबाद व्यक्त गर्नु भयो । साथै अवकाश पश्चातको पारिवारिक तथा सामाजिक सुखमय जीवनका लागी शुभकामना समेत व्यक्त गर्नुभयो ।       प्रहरी अधिकृतद्वय प्राविधिक प्रहरी उपरीक्षक पशुपती कुमार राय र  प्राविधिक प्रहरी नायव उपरीक्षक सुरेस कुमार थापाले प्रहरी सेवामा रहदा प्राप्त गरेका अनुभव,अवसर र चुनौतीको सम्बन्धमा  मन्तव्य प्रस्तुत गर्नु भएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षकहरू, प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृतहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

लागु औषध सहित मानिस नियन्त्रणमा
२०८२-१०-२७

 (परिसर ललितपुर)  मिति २०८२।१०।२६ गते अं. २०:१० बजेको समयमा जिल्ला ललितपुर ललितपुर महानगरपालिका १४ कान्तिपुर कोलोनी स्थित बालकुमार अछामीको टिनको टहरा निम्न ३ जना व्यक्तिहरुले लागु औषध संचित खरिद बिक्री तथा सेवन गर्ने प्रयोजनको लागी संयुक्तरुपमा भाडामा लिएको भनि बिशेष सुचना प्राप्त हुना साथ तत्काल जिल्ला प्रहरी परिसर जावलाखेल र वृत सातदोबाटो बाट प्र.ना.उ.पुर्णिमा चन्द को कमाण्डमा खटिएको प्रहरी टोलीले टहरा कोठा खानतलासी गर्दा निम्न लागु औषध सहित २ जना लाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दै जाँदा पक्राउ परेको घनश्याम बि.क. छुट्टै कोठा लिई परिवार सहित बस्दै आएको भनिएको जिल्ला ललितपुर ललितपुर महानगरपालिका २६ ढोलाहिटी स्थित डेरा कोठा खानतलासी गर्दा थप निम्न लागु औषध नियन्त्रणमा लिई वृत सातदोबाटो ल्याई राखेको, थप अनुसन्धान कार्य भई रहेको, निम्न नियन्त्रणमा रहेका मानिसहरु :- १) जिल्ला उदयपुर चौदण्डीगढी नगरपालीका वडा न. ६ स्थाई घर भई जिल्ला ललितपुर म.न.पा. २६ ढोलाहिटी बस्ने वर्ष २५ को घनस्याम बि.क २) जिल्ला रौतहट राजदेवी नगरपालिका वडा नम्बर ६ स्थाई घर भई चन्द्रागिरी नगरपालीका वडा न ९ त्रिभुवनपार्क बस्ने वर्ष ४८ को मोहम्द तनविर मिक्रानी३) पछि नाम थर वतन खुल्न आएको जिल्ला खोटाङ साकेला गा.पा.२ घर भई हाल  जिल्ला ललितपुर म.न.पा. २६ ढोलाहिटी बस्ने बर्ष २६ को समिर राई ( हाल फरार रहेको, खो.त. कार्य भई रहेको) जम्मा बरामद लागु औषध र सामानहरु :-१) खैरो हिरोईन ११.१२ ग्राम प्लाष्टिक सहित २) सानो डिजिटल तराजु थान २ ३) ट्रामाडोल ५०५३ क्याप्सुल४) नाईट्राभेट १२१ ट्याबलेट५) नगद रु ५१०० ६) OPPO Company A76 model १ थान, MOTO-G06 Model १ थान