प्रहरी कन्ट्रोल : १००
नेपा
EN

सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको विदाइ

२०८२-०५-१८

  • A
  • A-
  • A+
Share

काठमाडौं, १८ भदौ

३० वर्ष सेवा अवधि पूरा गरी  मिति २०८२ साल भदौ १९ गते देखि सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई आज काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित विशेष समारोह बीच विदाइ गरिएको छ ।

विदाइ समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले राष्ट्र र नागरिकको सेवाको खातिर नेपाल प्रहरी संगठनले सुम्पेको जिम्मेवारी व्यावसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग र सहकार्य गर्ने आफू मातहतका सम्पूर्ण प्रहरी कर्मचारीहरू प्रति धन्यवाद साथै कृतज्ञता व्यक्त गर्नुभयो । सेवा अवधिभर आम नागरिकलाई न्याय र सुरक्षाको अनुभूति दिन र संगठनको हक हितका लागि केन्द्रित भई काम गरेको उल्लेख गर्दै आफ्नो व्यावसायिक जीवनका दौरान हरेक समयको सही सदुपयोग गरेको साथै मातहत प्रहरी कर्मचारीहरुलाई समेत समयको हरेक पलको महत्वलाई बुझी त्यसको सही सदुपयोगको लागि निर्देशन समेत दिनु भयो । प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले आगामी दिनहरुमा समेत संगठनको श्रीवृद्धिका लागि रचनात्मक सहयोग गर्न आफू तयार रहेको र हरेक सेवा निवृत्त प्रहरी कर्मचारीले समेत नेपाल प्रहरी संगठनलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै प्रहरी नायब महानिरीक्षक ओम बहादुर रानाले सेवानिवृत्त हुन लाग्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ सेवा अवधि भर कुशल प्रशासक तथा सक्षम नेतृत्वकर्ता भएको जिकिर गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखको रुपमा जिम्मेवारी वहन गर्दा प्राप्त उपलब्धिका सम्बन्धमा जानकारी दिनु भयो साथै आगामी दिनहरुमा समेत संगठनको श्रीवृद्धि र प्रहरी सेवालाई अझै प्रभावकारी तथा नागरिक मैत्री बनाउनका लागि पछि सम्म पनि उहाँबाट सल्लाह, सुझाव र निर्देशन निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । सोही अवसरमा प्रहरी नायब महानिरीक्षक राना तथा मातहत कार्यालयका कार्यालय प्रमुखहरुले समेत सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङलाई खादा, माला  तथा मायाको चिनो प्रदान गर्नुभएको थियो ।

विदाइ समारोह अगाडी प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले यस कार्यालयको कार्यालय भवनमा नव- निर्मित सभाहल, पुस्तकालय साथै सङ्ग्रहालयको रिवन काटी उद्धाटन समेत गर्नु भएको थियो । कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहतका प्रहरी वरिष्‍ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु, प्रहरी नायब उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी अधिकृतहरु, लगायत अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३५ ग्राम सहित २ जना नियन्त्रणमा
२०८२-०९-१८

मिति २०८२।०९।१७ गते अन्दाजी १६:३० बजेको समयमा जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ७ चाबहिल नजिक रहेको एक गेष्ट हाउसको कोठामा लागु औषध कारोबार भइरहेको भन्ने सूचना प्राप्त भइ प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले २ जनालाई ३५ ग्राम लागु औषध खैरो हेरोइन (ब्राउन सुगर) जस्तो पदार्थ लगायत सहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको । पक्राउ परेका मानिसहरू १.         जिल्ला सुनसरी, बराहक्षेत्र नगरपालिका ७ घर भइ जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका ७ चाबहिल बस्ने वर्ष ३२ को विशाल राई । २.         जिल्ला सुनसरी, कोशी गाउँपालिका २ घर भइ ऐ. बस्ने वर्ष २४ को दयानन्द यादव । बरामद सामानहरू १.         लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ - ३५ ग्राम २.         तौल गर्ने डिजिटल तराजु थान - १ ३.         मोबाइल  थान - ३

६५ लाख भन्दा बढी चोरीको नगद तथा गरगहना सहित मानिस पक्राउ
२०८२-०९-१८

काठमाडौं महानगरपालिका ४ बलुवाटार स्थित रहेको स्र्टोर्म नेटवर्क प्रा.लि.को रु.४८,७२,६२०।- (अक्षरेपि अठचालीस लाख बहत्तर हजार छ सय बीस) र ईको भ्याली प्रा.लि.को रु.८,५८,५४१।- (अक्षरेपि आठ लाख अन्ठाउन्न हजार पाँच सय एकचालीस) चोरी गर्ने काठमाडौं महानगरपालिका २ खुर्सीनिटार बस्ने वर्ष २४ को दुर्गा बहादुर के.सी.लाई पक्राउ गरेको छ ।  मिति २०८२।०९।१२ गते राती चोरी गरी फरार रहेका निजलाई  खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुर दाङ समेतको समन्वयमा जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका ६ बाट पक्राउ गरेको हो । निजको साथबाट नगद रकम रु.६५,१७,१४०।- (अक्षरेपि पैँसट्ठी लाख सत्र हजार एक सय चालीस) सहित चाँदी जस्तो देखिने सेतो धातुको ब्रास्लेट थान  १५, चाँदी जस्तो देखिने सेतो धातुको सिक्का सानो ठूलो थान  २८ चाँदी जस्तो देखिने सेतो धातुको थान  १  Dell कम्पनीको ल्यापटप थान  १ बरामद भएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नक्कली नोट सहित ६ जना पक्राउ
२०८२-०९-१७

मिति २०८२।०९।१६ गते २१:३० बजेको समयमा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्ध तथा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौं, गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेल चोक स्थितबाट निम्न मानिसहरूलाई चेकजाँच गर्दा एक (१) हजारको नक्कली नोट थान त्रियानब्बे (९३)सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको ।  पक्राउ परेका मानिसहरू १.      जिल्ला सिन्धुपाल्चोक, बाह्रबीसे नगरपालिका २ घर भइ जिल्ला काठमाडौं, शंखरापुर नगरपालिका ४ साँखु बस्ने वर्ष ३२ को दावा नोर्वु शेर्पा । २.      ऐ.ऐ. घर भइ ऐ.ऐ. बस्ने वर्ष ४४ को पासाङ शेर्पा ।३.      जिल्ला सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका ३ घर भइ जिल्ला काठमाडौं, शंखरापुर नगरपालिका ४ साँखु बस्ने वर्ष ३२ को प्रकाश गुरुङ ।४.      जिल्ला सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका १० घर भइ ऐ. ६ बस्ने वर्ष ४२ की रेणुका भारती । ५.      जिल्ला सिन्धुपाल्चोक, बलेफी गाउँपालिका २ घर भइ ऐ. ६ बस्ने वर्ष ६५ को गोकर्ण थापा । ६.      जिल्ला काठमाडौं, शंखरापुर नगरपालिका ३ बस्ने वर्ष ४३ को सुक बहादुर स्याङ्बो ।

बिल बिनाको सामान बरामद
२०८२-०९-१७

मिति २०८२।०९।१६ गते बिहान ०६:१५ बजेको समयमा काठमाडौं जिल्ला नागार्जुन नगरपालिका वडा नं. ४ स्थित बाफल चोकबाट धनगढी देखी काठमाडौं आएको ना ८ ख ८४९५ नम्बरको बसलाई चेकजाँच गर्दा डिक्की भित्रबाट २८ कार्टुन मोबाईको पार्टस सामान ( बिल बिनाको) सहित गाडी र गाडीका ४ जना स्टाफलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी बृत स्वयम्भुमा राखि प्रहरीले अन्य आवश्यक छानबिन गरिरहेको छ । बरामद सामानहरू  -          २७ बोरामा १५०० पिस टेम्पड ग्लास, जम्मा ४०,५०० पिस, १ पिसको अन्दाजी मुल्य रु ३५ को दरले रु.१४,१७,५०० अक्षरुपी चौध लाख सत्र हजार पाँच सय  र -          १ बोरामा १०० पिस air pods, १ पिसको अन्दाजी मुल्य रु.८०० को दरले रु.८०,०००।– अक्षरुपी असी हजार गरी जम्मा अन्दाजी मुल्य रु.१४,९७,५०० अक्षरुपी चौध लाख सन्तानब्बे हजार पाँच सय  ।